Video

क्वारेन्टाइनमा जुम्ल्याहा बच्चा जन्माएकी यादवका श्रीमान भन्छन्, ‘मेरो घरमा एक दाना अन्न छैन अब सुत्केरी र यि बच्चालाई के खुवाएर बचाउँ ?’ (भिडियो हेर्नुस्)

काठमाडौं । तुलसीपुरको क्वारेन्टाइनमा जुम्ल्याहा बच्चा जन्माएकी महिलालाई खाने समस्या देखिएको छ । यस अघि पनि दुई बच्चा रहेका उनले क्वारेन्टाइनमा दुई बच्चालाई जन्मदिएकी थिइन् । क्वारेन्टाइनमा रहँदा सुत्केरी ब्यथा लागेपछि राप्ती प्रादेशिक अस्पतालमा उनले जुम्ल्याहा बच्चा जन्माएकी हुन् । उनीहरुको आर्थिक अवस्था पनि कमजोर छ । उनी केही दिन अघि भारतवाट आएकी थिइन् । उनको माइती भारत हो । उनी गर्भवती अवस्थामा २ दिन पैदल हिडेर नेपाल आइपुगेकी थिइन् ।

नेपाल आएपछि गाउँलेले घरमा बस्न दिएनन् । उनलाई क्वारेन्टाइनमा राखिएको थियो । क्वारेन्टाइनमा रहँदा उनलाई सुत्केरी ब्यथा लागेपछि अस्पताल लगिएको हो । उनी क्वारेन्टाइनमा हुँदा र अस्पतालमा दुई सन्तान जन्माएपछि बल्ल उनका श्रीमान सार्वजनिक भएका छन् । उनी श्रीमती र बच्चा भेट्न अस्पताल पनि गएका थिएनन् । अहिले अस्पतालको एनआइसियुमा तुलसी बाल अस्पतालको आइसोलेशन वार्डमा रहेका दुई बच्चा र सुत्केरी अनिता यादवलाई खाने समस्या भएपछि अस्पतालकै चिकित्सक किशोर ले सहयोग गर्ने घोषणा गरेका छन् ।

अहिले ति दुई बच्चा स्वास्थ्य भएपछि उनीहरुलाई अस्पतालवाट डिस्चार्ज गरिएको छ । तर घरमा खाने समस्या भएका कारण सुत्केरी श्रीमतीलाई के खुवाउने भन्ने चिन्ता लागेको श्रीमानले बताएका छन् । उनीहरुको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । यादवको पिसिआर विधिबाट परीक्षण गर्दा नेगेटिभ आएको हो ।

यादव तुलसीपुरको क्वारेन्टाइनमा बस्दै आएकी थिइन्। केही दिनअघि भारत, बलरामपुरस्थित आफ्नो माइतीघरबाट पैदल हिँडेर तुलसीपुर उपमहानगरपालिका—१३ मा रहेको घरमा उनी आएको थाहा पाएपछि स्थानीयवासीले उपमहानगरपालिकालाई खबर गरेका थिए ।

श्रीमती भारतवाट आएको थाहा पाएपछि गाउँका मानिसले श्रीमतीलाई घरमा पस्न नदे अरु छोराछोरीको ख्याल गर भने पछि आफुले गाउँलेको कुरा मानेको बताए । उनले त्यसैले क्वारेन्टाइनमा राखेको बताए । अस्पतालमा श्रीमतीले २ बच्चा जन्माउँदा पनि भेट्न नजानुको कारणवारे उनले भने, घमा दुई अरु साना छोराछोरी थिए, उनीहरुलाई छोडेर जान पनि मिलेन । छिमेकीले पनि श्रीमती भेट्न गइस् भने गाउँमा फेरी तँलाई अप्ठेरो हुन्छ भने । त्यही भएर डराएर भेट्न गइन् ।

Related Articles

Back to top button
Close