सधै सिम्पल देखिने नायिका गरिमाको श्रीमान हुन बेल्जियमका करोडपति तर गरिमा दोश्री श्रीमती (भिडियो हेर्नुहोस)
नेपाली फिल्मकी सुन्दर र भलाद्मी नायिकाको रुपमा चिनिने गरिमा पन्त बेल्जियम बस्न थालेको झण्डै एक बर्ष बढी भैसकेको छ । ुझोलाु बाहेकका अन्य फिल्महरुले करिअर चम्काउनुको साट्टो झन फुर्सद बनाउन थालेपछि उनले बेल्जियमका धनाड्य नेपाली यूवक हरि शर्मासँग विवाह गरिन् । गरिमा हरि शर्माकी दोस्रो श्रीमती हुन् । एक्कासी बेल्जियममा गरिमाले हरि शर्मासँग विवाह गरेको खबर बाहिरिँदा उनका प्रशंसकहरु एकपटक त दंगै परेका थिए तर फिल्म करिअर ओरालो लाग्न थालेपछि सायद गरिमाले यसको विकल्प भेटिनन् ।
उनी अभिनित फिल्म ुतीन घुम्तीु गएको बर्ष रिलिज भएको थियो । ुतीन घुम्तीु ले घरेलू बजारबाट राम्रै पैसा छापेको भए सायद उनको माग पुनः बढ्नेमा शंका थिएन तर त्यो हुनबाट चुक्यो । कृष्ण धारावासीको चर्चित पुस्तक ुझोलाु माथी आधारित भएर निर्माण भएको फिल्म ुझोलाुबाट राष्ट्रिय अवार्डसहित सार्क फिल्म फेस्टिभलमा उत्कृष्ट अभिनेत्रीको अवार्ड समेत जितेकी गरिमाले विवाहपछि पतिदेवसँग मिलेर बेल्जियममा ुगरी सुमीु नामको एक रेस्टुराँ समेत खोलेकी छिन् ।