vada
News

काठमाडौंबाट नक्कली डिएसपी पक्राउ

काठमाडौं । नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाले एक नक्कली डिएसपीलाई पक्राउ गरेको छ।

महानगरीय अपराध महाशाखाको टोलीले कृष्ण प्रसाद ढुङ्गानालाईसोमबार पक्राउ गरेको हो।महाशाखामा उनी बिरुद्ध उजुरी परेको थियो।सामाजिक सञ्जाल मार्फत हुँदै नभएको पदमा आफू छु भन्दै भ्रम छरेको उजुरीपछि उनलाई पक्राउ गरिएको हो।महाशाखाको टोलीले कृष्णप्रसादले तारकेश्वरमा संचालन गरेको भिक्टोरिया फार्मेसीबाट पक्राउ गरेको हो ।प्रहरीका अनुसार उनले नेपाल प्रहरीको कर्मचारीलाई सशस्त्र प्रहरीको डिएसपी र सशस्त्र प्रहरीको कर्मचारीलाई नेपाल प्रहरीको डिएसपी हुँ भन्ने गरेका थिए।।**अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**

Related Articles

Back to top button