vada
Video

खोप लगाएपछि यसकारण शरीरमा फलाम टाँसिदो रहेछ, डा. कल्याण सुवेदीले खोले रहस्य (भिडियो हेर्नुहोस्)

पछिल्लो समय भारतमा एक ब्यक्तिले गरेको अनौठो दावी भाइरल भएको छ । उनका अनुसार हालै ति ब्यक्तिले को भिड खोपको दुबै मात्रा लिएका थिए । त्यसपछि उनको शरीर चुम्बक बन्यो र हरेक फलामका बस्तु टाँसिन थाल्यो । यो घटना भारतको नासिकमा भएको दावी गरिएको हो ।

त्यहाँका अरविन्द सोनार नाम गरेका एक व्यक्तिले आफूले को रो ना विरुद्धको खोपको दुवै डोज लिएपछि शरीरमा चुम्बकीय शक्ति विकास भएको दाबी गरेका छन् । उनले प्रमाण पेस गर्नका लागि शरीरमा स्टिलका सिक्का, चम्चा, प्लेटलगायत वस्तु टाँसिएको अवस्थामा एउटा भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेका छन्। जुन निकै भाइरल बनेको छ ।

उनको सिको गर्दै नेपालमा समेत यस्तो भिडियोहरु पोष्ट भै रहेका छन् । टिकटक बनेका छन् र मानिसहरु चर्चा गरिरहेका छन् । यसका साथै बिश्वभरीमा मानिसमा खोपका साइड इफेक्टका बारेमा चर्चा गर्दै यस्ता भिडियो सामाजिक सञ्जालमा अपलोड हुने क्रम जारी छ ।

यसबारे अमेरीकामा रहेका डाक्टर कल्याण सुवेदीले प्रष्ट पारेका छन् । उनी प्रष्ट शब्दमा भन्छन्, यो खोपको कारण होइन । उनी त्यस्ता फलाम टाँस्ने ब्यक्तिहरुलाई नुहाउन, सरीर राम्ररी सुकाउन, कोठाको तापक्रम ब्यवस्थित गर्न र शरीरमा पाउडर लगाउन सल्लाह दिन्छन् । यति गर्दा त्यस्ता चुम्बक भएका ब्यक्तिहरुको भ्रम मुक्त हुने उनको दावी छ ।

Related Articles

Back to top button