vada
News

साईकल लिएर बजार गएका साधुरामको घर पुग्ने सपना बाटोमै बिलायो

धनगढी चौराहामा जिल्लाको भजनी नगरपालिका १ का साधुराम डगौराको उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। आइतबार साँझ चटकपुरबाट भन्सार तर्फ गइरहेको से ५ प २६७१ नम्बरको मोटरसाईकलले ट्राफिक चौराहामा दुई साईकललाई ठक्कर दिँदा ४ जना घाइते भएका थिए। घाइते मध्ये साईकलयात्री डगौराको निभन भएको हो भने अर्का साईकलयात्रीको अवस्था सामान्य छ। यस्तै मोटरसाइकलमा सवार धनगढी उपमहानगरपालिका वडा नम्बर ६ का २२ वर्षीय मोहन प्रशाद जोशी र सोही ठाउँका २२ वर्षीय माधव प्रशाद भट्ट गम्भीर घाइते भएका छन्। उनीहरुको धनगढीस्थित निसर्ग अस्पतालको आईसीयूमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव निरीक्षक प्रतिक विष्टले बताए। ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Related Articles

Back to top button