vada
Video

सेजलाको रहस्यमय मृत्यु : मिल्ने साथी आइन मिडियामा (भिडियो)

झापाको दमकमा एक घरमा कोठा भाडामा लिएर अस्पतालमा अध्ययन गर्दै काम गर्दै आएकी इलामकि सेजल कोइरालाको बुधबार साँझ रहस्यमय मृत्यु भएको हो ।

प्रहरीले मृत्युको कारणबारे अनुसन्धान शुरु भइसकेको जनाएको छ । प्रहरी नायब उपरीक्षक कार्कीका अनुसार सेजललाई बेलुकी करिब ५:०० बजे साथीले मोबाइलमा सम्पर्क गरेका थिए । त्यसक्रममा मोबाइल नउठेपछि साथी कोठामा पुग्दा उहाँलाई शौचालयको कम्बोर्टमा बेहोस अवस्थामा भेटेको र तत्कालै लाइफलाइन अस्पताल पुर्याएपछि पनि बचाउन नसकिएको साथीहरुको भनाइ उद्धृत गर्दै प्रनाउ कार्कीले जानकारी दिए ।

घटनालगत्तै पीडितका अभिभावक राति ११:०० बजे दमक आइपुगेका बताइएको छ । आफन्तले भने सेजलाको मृ त्यु रहस्यमय भएको भन्दै निष्पक्ष छानविन गर्न प्रहरीमा जाहेरी दिएका छन । आफन्त कसैलाई खबर नगरी छोरीलाई उठाएको भन्दै परिवारले गुनासाे समेत गरेको छ । यसै बीच पहिलोपटक मृतककि साथी मिडियामा आएकी छिन । उनीहरू एउटै कोठामा बस्दै आएका थिए । इलामकी सेजल कोईराला सोझी र मेहेनती भएको उनले बताइन ।

पुरा भिडियो यहाँबाट हेर्नुहोस ।

Related Articles

Back to top button