vada
Video

घरकै काम गरेको भिडियो देखाउँदै लाखौ कमाउने दिदिबहिनी बिनु र दिक्षा अधिकारी [ भिडियोसहित ]

काठमाडौ । अहिले झापाका दिदिबहिनी बिनु अधिकारी र दिक्षा अधिकारीको चर्चा सामाजिक सञ्जालमा खुब छ ।

उनीहरु सुरुमा टिकटकमा उदाए । छोटो समयमा टिकटकमा सर्वाधिक चर्चाको शिखरमा पुगे ।

टिकटकमा गलत हर्कत देखाएर हैन मेहनत र क्षमता देखाएर शीर्ष स्थानमा पुगेका टिकटक युजर्स मध्ये एक हुन् यी दिदिबहिनी ।

बिनु अधिकारीको अहिले टिकटकमा ४ लाख ४० हजार माथी फलोअर्स पुगेको छ । दिक्षाको ५९ हजार माथी छ । दिक्षा बहिनी हुन् भने बिनु दिदि हुन् ।

उनीहरुले टिकटकपछि अर्को भिडियो प्लाटफर्म युबट्युबमा निक्कै चर्चा कमाउन थालेका छन् । बिनु अधिकारी युबट्युब च्यानलमा अहिले एक लाख ८१ हजार भन्दा माथी सब्शक्राईब भइसकेको छ ।

उनीहरुका भिडियो केही दिनमा नै लाख भ्यूज माथी पुग्छ । नेपाली आमा छोरी, नेपाली दिदिबहिनी जस्ता रियल लाईफसँग सम्बन्धित भिडियोमा उनीहरुका सर्वाधिक भिजिटर छन् ।

उनीहरुको अभिनय यति जिवन्त छ की भिडियोमा प्रवेश गरेपछि पूरा नहेरी कोही अरु च्यानलमा जान सक्दैन । दिदि बिनु आफै भिडियोको निर्देशन गर्छिन् । घर, छिमेकका पात्रलाई नै कथामा समावेश गराउछिन् ।

आफ्नै घरमा काम गर्दै गरिएका सम्वाद र अभिनय यति स्वादिलो देखिन्छ की मानौँ की यी कुनै चर्चित चलचित्रका दृष्य र सम्वाद भन्दा कम छैनन् ।

यसैले उनीहरुको अहिले युबट्युबबाट कमाईपनि ह्वात्तै बढेको छ । घरको काम गर्दै, घरमा नै बसेर सानो उमेरमा नै लाखौ कमाउने सूचीमा यी दिदिबहिनी परेका छन् ।

बहिनी दिक्षाको च्यानल दिक्षा अधिकारीपनि बिस्तारै माथी उक्लिरहेको छ । तर उनी आफै भन्दापनि दिदिकै च्यानलबाट दिदिकै भिडियोमा धेरै देखिन्छिन् । उनको च्यानलमापनि १२ हजारभन्दा माथी सब्शक्राईब छ ।

यी क्षमतावान दिदिबहिनीलाई तपाईहरुलेपनि हेर्न सक्नुहुनेछ । त्यसैले आज उनीहरुको भिडियो समेत यहाँ समावेश गरेका छौ ।

Related Articles

Back to top button