vada
News

मोरङमा एक युवाले दाँत माझ्दा माझ्दै ब्रस नै स्वाट्टै निलेपछि…

के दाँत माझ्दा ब्रस निल्न सम्भव छ । सम्भव हुन्थ्यो भने हामीले चिने जानेकाले पनि ब्रस निलेको समाचार सुन्न पाइन्थ्यो होला । यो झट्ट सुन्दा असम्भव नै लाग्छ । तर मोरङमा भएको एक् घटनाबारे थाहा पाएपछि चाँही तपाईलाई यो सम्भव हुने रहेछ भन्ने बिश्वास लाग्नेछ ।

घटना मोरङ मिक्लाजुङ–४ को हो । त्यहाँका ३५ वर्षीय गंगा मगरले एक बिहान दाँतमा ब्रस गर्दै थिए । उनले ब्रस गर्दा जिब्रो पनि त्यही ब्रसले सफा गर्न थाले । यसै क्रममा उनले ब्रस नै निलिदिए । दाँत सफा गरिसकेपछि उनले जिब्रोमा समेत ब्रस लगाएका थिए, त्यसैबेला चिप्लिएर ब्रस पेटमा गएको हो ।

आफैंले ब्रस निलेपछि उनी जेठ २७ गते विराटनगरस्थित नोबेल मेडिकल कलेजमा आईपुगे । र, चिकित्सकलाई भने–मेरो पेटमा ब्रस छ । उपचारमा संलग्न डाक्टर अमित भट्टराईले भने –हामीले पेट चि रे र ब्रस निकाल्ने निधो ग¥यौं । डा भट्टराई नेतृत्वको टिमले मगरको पेटबाट सफलता पूर्वक् उक्त ब्रस निकाले ।

१५ सेमीको ब्रस पेटबाट निकालिएका मगरलाई सोमबार डिस्चार्ज गरिएको छ । अस्पताल आउँदा नि नर्मल रहेका उनी शल्याक्रियापछि नर्मल अवस्थामा फर्किसकेका छन् ।

Related Articles

Back to top button