vada
Video

मृत्यु जितेर आएका ऋषी लामिछानेले भक्कानिदै भने, ‘ श्रीमती नभएको भए म हुन्थिन होला त्यसैले म बाँचेर आएँ’ (भिडियो हेर्नुस्)

काठमाडौ । कलाकार समेत रहेकी सरीता लामिछाने र उनकी छोरी समृद्धिको स्वास्थ्यमा कुनै समस्या नदेखिए पनि निर्देशक ऋषि लामिछाने ज्वरो कम नभएर निमोनिया बढेपछि धापासीमा रहेको ग्रान्डी अस्पतालमा लामो समय भर्ना भए । अस्पताल भर्ना गर्दा भोगेको समस्याका बारेमा सरीताले बताउँदा निकै भावुक भएकी थिइन् ।

राती १० वजे सम्म अस्पतालमा भौतारिदा वेड नपाउँदा आफुलाई अब ऋषीलाई गुमाए की भन्ने लागेको बताउँदा उनी निकै भावुक भएकी थिइन् । अहिले ऋषी उपचारवाट निको भएर घर फर्किएका छन् । उनले आफ्नो जिवनमा सरीता नभएको भए आज यो दिन देख्न पाउँथे जस्तो लाग्थेन भन्दै सरीताको प्रशंसा गरेका छन् ।

२४ वर्ष अघि विवाह गरेका सरीता र ऋषीबीच अहिले पनि निकै राम्रो प्रेम छ । दुई जनामा अहिले सम्म विवाद समेत नभएको उनीहरुले बताए । एक अर्काको कामको बारेमा निकै चासो राख्ने र कहिल्यै गुनासो नभएको पनि बताएका छन् ।सामाजिक संजालमार्फत उनले, रिपोर्ट पोजिटिभ आएको र यो निकै नै पीडादायी हुने उल्लेख गरेकी थिइन् अहिले उनि पनि मुक्त भैसकेकी छन् ।

उनी घरमै बसेर स्वास्थ्य भएपनि श्रीमान ऋषी लामिछाने भने अस्पताल भर्ना भए । उनलाई निकै समस्या भएको थियो ।निर्देशक लामिछानेले ‘हाम्रो माया जुनी जुनीलाई, हवल्दार सुन्तली, आफ्नो मान्छे आफ्नै हुन्छ, श्रीमान् श्रीमती’ लगायतका फिल्म निर्देशन गरेका छन् । पारिवारिक प्रेमकथामा मनछुने फिल्म बनाउन सिपालु मानिने उनले ‘हवल्दार सुन्तली’ पछि नयाँ फिल्म निर्देशन गरेका छैनन् ।

Related Articles

Back to top button