vada
News

काठमाडौं उपत्यकामा निषेधाज्ञा एकसाता थपियो, किराना पसल ११ बजेसम्म खोल्न पाइने, होटल–रेस्टुरेन्टले होम डेलिभरी सेवा दिन सक्ने !

काठमाडाैं । काठमाडाैं उपत्यकामा जारी निषेधाज्ञा एक साता थप भएकाे छ । उपत्यकाका तीन जिल्ला (काठमाडाै, ललितपुर र भक्तपुर) का जिल्ला प्रमुख अधिकारीहरूकाे आज बसेकाे बैठकले निषेधाज्ञा एक साता थप गर्ने निर्णय गरेकाे हाे ।

थप भएकाे निषेधाज्ञा सर्वसाधारणकाे दैनिक जीवनयापनमा सहजता ल्याउन केही परिमार्जन गरिएकाे छ । जस अनुसार हाल बिहान नाै बजेसम्म खाेल्न अनुमति दिइएकाे किराना पसलहरू बिहान ११ बजेसम्म खाेल्न पाइने भएकाे छ ।

त्यस्तै, हाेटल तथा रेष्टेरेन्टहरूले हाेम डेलिभरी सेवा गर्न छुट दिइएकाे छ । नयाँ शैक्षिक सत्रलाईसमेत ध्यान दिँदै पुस्तक पसल पनि बिहान ११ बजेसम्म खोल्न पाइने छ ।

अपरान्ह ४ बजेपछि हार्डवेयर पसल पनि खोल्न दिने निर्णय बैठकले गरेको छ । नवनियुक्त गृहमन्त्री गृहमन्त्री खगराज अधिकारीले ७७ जिल्लाकै प्रमुख जिल्ला अधिकारीलाई निर्माण सामग्री खरिदमा सहजीकरण गरिदिन निर्देशन दिनुभएको थियो ।

कृषिको समय भएकाले त्यससम्बन्धी कार्यलाई पनि सहजीकरण गर्ने निर्णय भएको भएकाे छ । उहाँका अनुसार विभिन्न मुलुकमा जानका लागि भिसा लिने प्रयोजनमा निस्किने व्यक्तिलाई पनि सहजीकरण गर्ने निर्णय भएको छ ।

Related Articles

Back to top button