vada
News

ह्ववात्तै घट्यो सुनको मूल्य, तोलाको कति ?

काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको मूल्यमा गिरावट आएको छ । आइतबार छापावाला सुनको मूल्य घटेको हो ।**** भिडियो हेर्न तल क्लिक गर्नुहोस****

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला ६ सय रुपैयाँले घटेर ९३ हजार ९ सय रुपैयाँ कायम भएको जनाएको छ । अघिल्लो कारोबार दिन तोलाको ९४ हजार ५ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।

महासंघले शुक्रबार ९४ हजार रुपैयाँमा खरिदबिक्री भएको तजावी सुन आजका लागि भने ९३ हजार ४ सय रुपैयाँ निर्धारण गरेको छ ।

यस्तै, आइतबार चाँदीको मूल्य भने स्थिर रहेको छ । शुक्रबार तोलाको १३ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्य खरिदबिक्री हुने महासंघले जनाएको छ ।

Related Articles

Back to top button