vada
Video

सविता भण्डारीको डिप्रेशनको उपचार गरेका डाक्टरले खुलाए सविताको अवस्था, उनलाई अस्पताल भर्ना गर्न भनिएको थियो (भिडियो हेर्नुस्)

काठमाडौ । सविता भण्डारी मृत्यु घटनाका बारेमा अहिले सामाजिक सञ्जालमा विभिन्न कुरा उठिरहेका छन् । माइती र घर पक्षकाहरुबीच उनको मृत्युको विषयमा फरक कुरा आएका छन् । माइती पक्षले घर परिवारका सदस्यले मृत्यु रोज्न बाध्य पारिएको दावी गरेका छन् । घर परिवारले सविता मनोरोगी भएको र उनले निकै कडा औषधि सेवन गरिरहेको बताउँदै आएका छन् ।

डा सैलेन्द्रराज अधिकारी जसले चितवन मेडिकल कलेजमा विगत ११ वर्ष देखि कार्यरत छन् । उनले नै सवितालाई जाँच गरेका रहेछन् । पहिलो पटक २०७७ चैतमा ८ गते डाक्टरकोमा गएको र दोस्रो पटक चैत ११ गते पनि जाँच गर्न गएको उनको कागजातवाट देखिएको छ । सविता भण्डारीको स्वास्थ्यको जाँच गरेका चिकित्सकले सविताको अवस्थाको बारेमा केही कुरा खुलाएका छन् ।

डाक्टरले सविताको बारेमा मिडियामा यति धेरै कुरा वाहिर आएको बारे थाहा नपाएको बताए । उनको मृत्यु भइसकेको बारे अघिल्लो दिन मात्र थाहा पाएको बताए । उनले अन्य डाक्टरहरुले अघिल्लो दिन मात्र कुराकानी गरेपछि मात्र उनले सविताको बारेमा थाहा पाएको बताए । उनले सविता एक जना महिलासंग उपचारका लागि आएको बताएका छन् ।

डिप्रेशन भएर छिप्पिएर गएको उनले बताएका छन् । उनलाई मेजर डिप्रेशन डिसअडर भनेर उनले लेखेको पनि आफुले पाएको बताए । उनले सवितालाई अस्पताल भर्ना गर्नुपर्छ भनेर प्रेस्किप्सनमा आफुले लेखेको बताएका छन् । अस्पताल भर्ना गर्न उनीहरु नमानेर केही दिन पछि फेरी आउँछु भनेर उनीहरु गएर तीन दिन पछि फेरी आएको बताए । फेरी आउँदा पनि उनको अवस्था उस्तै नै आफुले पाएको बताए ।

Related Articles

Back to top button