vada
News

बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या ३ सय नाघ्यो

काठमाडौं – बहराइनमा थप ८६ जना नेपालीमा कोरोनाभाइरसको संक्रमण देखिएको छ । नेपाली दूतावासका अनुसार २४ वैशाख गतेदेखि यता आइतवारसम्म ८६ जना नेपालीमा कोरोना पुष्टी भएको हो ।

यससँगै बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या ३ सय ३१ पुगेको छ । कोरोना संक्रमित सबै नेपालीको स्वास्थ्य अवस्था सामान्य रहेको दूतावासले जनाएको छ ।

हालसम्म बहराइनमा कोरोनाबाट १२ जनाको मृत्यु भइसकेको छ । भने संक्रमितको संख्या ६ हजार ७ सय नाघेको छ । त्यस्तै बहराइनमा कोरोना संक्रमित भएका २ हजार ७ सय ६२ जना उपचारपछि निको भइसकेका छन् ।

Related Articles

Back to top button