News

कोरोनाबाट निधन भएकी महिलाको १२ दिने शिशु पनि अस्वस्थ्य, देखियो यस्तो रोग

काठमाडौं, ४ जेठ । कोरोनका कारण विहिवार निधन भएकी सुत्केरी महिलाको नवजात शिशु पनि अस्वास्थ्य भएको बताइएको छ । १२ दिनका नवजात शिशुलाई जण्डिस (कमलपित्त) देखिएको छ । आमाको कोरोनाको कारण निधन भएपछि उनको शिशुलाई पनि आइसोलेसना राखिएको छ । महिलाको पति र शिशुलाई आइसोलेसनमा भर्ना गरेर स्वास्थ्य परिक्षण गरिएको हो । पतिको स्वाव परिक्षणका लागि पठाइएको छ ।

शिशुमा भने जण्डिस देखिएको अस्पतालले जनाएको छ । महिलाको स्वास्थ्यमा समस्या देखिएपछि बिहीवार नै उनका पति र नवजात शिशुलाई अस्पतलमा भर्ना गरिएको हो । धुलिखेल अस्पतालका प्रवक्ता सुमनराज ताम्राकारले शिशुमा जण्डिस देखिएको पुष्टि गरेका छन् । कोरोना परिक्षणका लागि लिइएको स्वावको रिपोर्ट भने आइनसकेको चिकित्सकले बताएका छन् । त्यसका लागि भोली सम्म कुर्नुपर्ने छ ।

समय नपुगी शिशु जन्मिएको थियो । जेठको २२ गते चिकित्सकले समय दिएको भएपनि वैशाख २४ गते नै शिशुको जन्म भएको थियो । महिलाले नर्मल अवस्थामा नै शिशुलाई जन्मदिएकी थिइन् । शिक्षण अस्पतालमा नर्मल अवस्थामा सुत्केरी भएकी महिला सिन्धुपाल्चोक स्थित घर पुगेपछि वैशाख ३१ गते स्वास्थ्यमा समस्या आएपछि धुलिखेल अस्पताल ल्याइएको थियो । जण्डिस देखिएको शिशुको अहिले आइसोलेसनमा उपचार भइरहेको छ । बालरोग विशेषज्ञसहित स्वास्थ्यकर्मीको टोली शिशुको उपचारमा खटिएको छ।

Related Articles

Back to top button
Close