vada
News

कोरोनाबाट ज्यान गुमाएकी महिला बस्ने घर र मामाघर सिल, दुवै ठाउँमा आउजाउ बन्द

काठमाडौं, ४ जेठ । कोरोना संक्रमणका कारण धुलिखेल अस्पतालमा ज्यान गुमाएकी महिला भाडामा बस्ने घर र उनकी मामाघर सिल गरिएको छ ।

आइतबार प्रहरी र टोखा नगरपालिकाले काठमाडौंको टोखा नगरपालिका–९ स्थित बुद्धमार्गको उक्त घरलाई सिल गरेको हो । त्यस्तै, उनीहरु बस्ने नजिकैको मामा घरमा पनि सिल गरिएको जानकारी गराइएको छ ।

ती दुवै ठाउँमा आउजाउ बन्द गरिएको र हिजो रातिदेखि नै दुवै घरका मान्छेलाई बाहिर निस्कन रोक लगाइएको जानकारी गराइएको छ । मृतक महिला काभ्रे डेरीदेखि अरुण डेरीसम्मको बाटोमा पर्ने आफ्नो आफन्तहरुको घरमा बसेको भन्ने जानकारी आएकाले सो वरपरका क्षेत्र पनि सिल गरिएको जानकारी गराइएको छ ।

मृतक महिलाको मामा घरका ५ जना र उनी बस्ने घरका १२ जनाको स्वाब परीक्षण गर्न स्वास्थ्य टोली मगाइएको पनि जानकारी गराइएको छ । उनको परिवार चार तले घरको दोस्रो तलमा बस्थे ।

त्यस्तै, अस्पतालबाट डिस्चार्ज हुनुअघि बिरामीलाई खाना र कपडा लिन आउजाउ भएकोले घरमा बस्नेहरुको स्वाब लिन लागिएको जानकारी गराइएको छ ।

Related Articles

Back to top button