News

फेरी अर्का नेपाली चितवनका लामिछानेको दु:ख’द मृ-त्यु

काठमाडौँ – बि’रामी भएपनि कोरोनाका कारण अस्पताल भिडभाड भएको र आफै पनि सामान्य जस्तै मानेर बस्दा अमेरिकाको मेरिल्याण्ड राज्य स्थित क्रफ्टन सिटीमा एक नेपाली युवाको अ’सामयिक नि’धन भएको छ ।

नेपालमा पुर्ख्यौली घर पर्बत भएपनि हाल चितवनमा घर भएका र केहि बर्षदेखि अमेरिकाको क्रफ्टनमा बसोबास गर्दै आएका युवा बैकुण्ठ लामिछानेको नि’धन भएको एनआरएनए अमेरिकाका उपाध्यक्ष तथा सोहि समुदायका निवासी कृष्णजीवि पन्तले बताउनु भयो।

लामिछानेको मृगौला र कलेजोसंग सम्बन्धि रो’गका कारण नि’धन भएको बुझिएको छ । डाक्टरले कलेजोको जन्डिस भनेर भनेको पारिवारिक स्रोतले जानकारी दिएको छ । उनि दुई महिना अगाडी मात्र नेपालमा गएर परिवार भेटेर आएका थिए ।

डेढ महिना नेपाल बसेर आएका लामिछाने तीन हप्ता अगाडी अचानक बि’रामी परेका थिए । एक हप्ता अस्पताल बसेर घर आएका लामिछाने अर्को हप्ता फेरी अस्पताल गए तर फर्केर आउन पाएनन ।source danphekhabar.com

Related Articles

Back to top button
Close