News

आज कुन देशको विनिमयदर कति ?

काठमाडौँ । आज जेष्ठ ३ गते (शनिबार) अमेरिकी डलरहित प्राय धेरै देशका मुद्राको भाउ स्थिर रहेको छ ।

विश्वभर कोरोना भाइरसको महामारी जारी रहेका बेला विदेशी मुद्राको भाउमा पनि उतार चढाव आइरहेको छ।

आज अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ६० पैसा तथा बिक्रिदर १२१ रुपैयाँ २० पैसा पुगेको छ।

यूरोपियन यूरो एकको खरिददर १३० रुपैयाँ ३१ पैसा तथा बिक्रिदर १ सय ३० रुपैयाँ ९६ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४६ रुपैयाँ ९५ पैसा र बिक्रिदर १ सय ४७ रुपैयाँ ६८ पैसा रहेको छ।

साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ ११ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ २७ पैसा रहेको छ।

त्यस्तै कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ १२ पैसा रहेको छ भने बिक्रिदर ३३ रुपैयाँ २९ रहेको छ।

युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ८३ पैसा छ भने बिक्रिदर ३३ रुपैयाँ रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ७२ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ८६ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३९० रुपैयाँ ५ पैसा तथा बिक्रिदर ३९१ रुपैयाँ ९९ पैसा रहेको छ।

बहराईन दिनार एकको खरिददर ३१९ रुपैयाँ ४४ पैसा तथा बिक्रिदर ३२१ रुपैयाँ ३ पैसा रहेको छ।

यस्तो छ सबै देशको विनिमयदर तालिका

Related Articles

Back to top button
Close