vada
News

पुनः संक्रमित थपिए, नेपालमा संक्रमितको संख्या २ सय ८१ पुग्यो

काठमाडौं, ३ जेठ । पुनः २ जना कोरोना संक्रमित थपिदा शनिबार नेपालमा एकै दिन १३ जना कोरोना संक्रमित थपिएका छन् ।

शनिबार विहान मात्र ९ जनामा कोरोना भाइरस पुष्टि भएको थियो भने दिउँसो पुनः अन्य २ जनामा पनि यस्को पुष्टि भएको थियो । शनिबार राति पुनः दुई जना संक्रमित थपिएका छन् भने एक जनाको मृत्यु नै भएपछि संक्रमितको कुल संख्या १ सय ८१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्ला संक्रमित धनुषाका २० र ६५ वर्षका पुरुष छन् ।

Related Articles

Back to top button