vada
News

निकितालाइ सम्झिदै रविले भने, ‘तिमीलाई भेटेपछि मात्रै भाग्य माथीपनि विश्वास लाग्न थाल्यो’

काठमाडौं – लोकप्रिय सञ्चारकर्मी रवि लामिछाने र चलचित्र विकाश बोर्डकी पूर्व अध्यक्ष निकिता पौडेलको आज पहिलो एनिर्भसरी । आज यो चर्चित जोडीले विबाह गरेको १ वर्ष पूरा भएको अवसरमा रविले पत्नि निकिताको खुला हृदयले प्रशंसा गरेका छन् ।

आज आफ्नो विवाह भएको एक बर्ष पुरा भएको बारे सञ्चारकर्मी रवि लामिछाने नै सामाजिक सञ्जालमार्फत आफ्ना लाखौँ फ्यान र शुभचिन्तकहरुलाई जानकारी दिँदै सामाजिक सञ्जाल फेसबुकमा यस्तो पोष्ट गरेका छन् ।

उनले फेसबुकमा लेख्दै भनेका छन्, तिमीलाई भेटेपछि मात्रै भाग्य माथीपनि विश्वास लाग्न थालेको हो। बितेको १ वर्ष मा मलाई कयौं चोट लाग्यो तर दुखाइ जती सबै तिमीले सह्यौ।यो एक वर्षमा एक जुनी कै खुशी दिने प्रिय श्रीमती जीलाई ??HAPPY ANNIVERSARY?? & LOTS OF LOVE WITH ALL MY HEART

त्यस्तै निकिताले पनि रविको पोस्ट शेयर गर्दै भनेकी छन्, You may hold my hand for a while, but you hold my heart forever “love you BUDA” ??

त्यस्तै रविलाई शुभकामना दिदै कलाकार मनोज गजुरेलले लेखेका छन्, जय जोडी ! जय जवानी ! जय जिन्दगानी ? सबै राम्रो होस् । सधैं राम्रो होस् । मङ्गल कामना ।

त्यस्तै कलाकार केदार घिमिरेले पनि रवी लामिछानेले राखेको पोस्टमा कमेन्ट गर्दै लेखेका छन्, बैबाहिक बिर्षिकोत्सवको उपलक्षमा दुबै जनालाई बधाई तथा शुभकामना।

त्यस्तै सामाजिक संजालमा निकै सक्रिय सामाजिक अभियान्ता रमा ओली रविकि फेसबुकमा पोस्ट गरेको पोस्टमा कमेन्ट गर्दै लेख्छिन, बिस्यको प्रधानमन्त्री हुनुहुन्छ यसमा ढुक्क हुनुहोस् तपाई जस्तो जोडी तपाईहरु जस्ता छोराहरु देशलाई खाँचो छ। May your married life last for seven generations. nekita and rabi dai Happy Anniversary ??

Related Articles

Back to top button
Close