News
कोरोनाका बेला कम्युनिस्ट नेता भ्रष्टाचारमा मस्त, कांग्रेस नेताले गरे भेन्टिलेटर सहित एक करोड सहयोग
काठमाडौं– कोरोना महामारीका बेला सरकारका मन्त्रीहरु नै भ्रष्टाचारमा लिप्त बनेको खबर सार्वजनिक भइरहेका बेला कांग्रेसका एक नेताले भने उदाहरणिय काम गरेका छन्।
कांग्रेस नेता राजिव विक्रम शाहले कोरोना विरुद्धको लडाइँमा कर्णाली प्रदेशलाई एक करोड सहयोग गरेका हुन्। उनले कर्णाली प्रदेश अस्पताललाई भेन्टिलेटर सहित ७० करोड सहयोग गरेका छन्। यस्तै प्रदेशका १० जिल्लामा तीन लाखका दरले ३० लाख सहयोग गरेका छन्।
कोरोनाले मुलुक आक्रन्त बनिरहेका बेला जाजरकोटका शाहले आफ्नो प्रदेशका जनताको स्वास्थ्यलाई ध्यानमा राखेर सहयोग गरेका छन्। उनको सहयोगको चौतर्फी प्रसंशा भइरहेको छ। शाह तीन हुन्, जसले आफ्नो जिल्लामा आफ्नै लगानीमा सुविधा सम्पन्न अस्पताल समेत निर्माण गरिदिएका छन्।
Source mediadabali