vada
News

इमरान खानको प्रेममा जब रेखा चुर्लुम्म डुबिन्, विवाहको योजना बनाउँदै मुम्बईको होटलमा एक महिना संगै विताए

एजेन्सी । पाकिस्तानको प्रधानमन्त्री इमरान खान प्रधानमन्त्री हुनु अघि देखि नै चर्चित ब्यक्ति हुन् । उनी राम्रो क्रिकेट खेलाडी पनि हुन् । उनी जतिवेला चर्चामा थिए त्यतीबेला विभिन्न महिलासंग नाम जोडिएर पनि थप चर्चा हुन्थ्यो । त्यस मध्य एक महिला भारतीय चर्चित नायीका रेखा पनि हुन् । रेखाको अमिताभ बच्चनसंगको प्रेमको बारेमा थाहा नपाउने त कमै नै छन् तर इमरानसंगको उनको प्रेम पनि अनौठो छ ।

उनीहरु विवाह गर्ने योजनामा पनि पुगेका थिए । रेखाको आमाले पनि इमरानसंग विवाह गर्न रेखालाई स्वीकृती दिएकी थिइन् । खानलाई कुनै बेला ‘लेडिज म्यान’ पनि भन्ने गरिन्थ्यो । उनले महिलाहरुसंग सम्बन्ध बनाउने र छोड्ने सामान्य मान्थे । सुन्दर र आकर्षक व्यक्तित्वका कारण उनीलाई कैयौं महिलाले पछ्याउने गर्थे । इमरानले त्यसको भरपुर फाइदा उठाउँथे ।

द स्टारमा प्रकाशित एक लेखमा रेखा र खानले विवाहको तयारी समेत गरेको दावी गरिएको छ । उक्त लेख अनुसार दुबै जना वैवाहिक सम्बन्धमा गाँसिन तयार भएको र यसका लागि रेखाकी आमाले पनि अनुमति दिएकी थिइन् । उनीहरुले भविष्यको योजना बनाउँदै मुम्बई स्थित होटलमा एक महिना संगै विताएका पनि थिए । त्यती बेला उनीहरुले निकै रमाइलो समय विताए ।

दुबै जना समुन्द्री तट र नाइट क्लबमा सँगै जाने गर्थे । । रेखाकी आमाले सम्बन्धलाई विवाह बन्धनमा परिणत गर्न चाहेको र ज्योतिषसँग सल्लाह गर्न दिल्ली गएको लेखमा उल्लेख गरिएको थियो । सो लेखमा रेखा र खानको केमिस्ट्रीबारे उल्लेख गर्दै ‘उनीहरुको निकटताबाट’ मानिसहरु आश्चर्यमा परेको पनि उल्लेख गरिएको छ ।

तर इमरान भने रेखासंगको प्रेममा सिरियस थिएनन् । उनको स्वभावको बारेमा पनि सो लेखमा उल्लेख गरिएको छ । उनले भनेका छन् ‘नायिकासँगको मित्रतारसम्बन्ध छोटो समयका लागि राम्रै हुन्छ । मैले उनीहरुसँगको सम्बन्धमा केही समय रमाउँछु र त्यसपछि अघि बढ्छु’ ।

Related Articles

Back to top button