News

धुलिखेल अस्पतालमा मृ’त्यु भएकी सुत्केरीको गाउ सिल गर्ने तयारी, घरमै पुगे सु’रक्षाकर्मी

चौतारा । धुलिखेल अस्पतालमा मृ’त्यु भएकी महिलाको गाउँमा शील गर्ने तयारी हुँदैछ । उनको घर भएको राम्चे ठो’ट्नेरी गाउँमा यतिबेला सेना र प्रहरी पुगेको छ । उनीहरुले ठो’ट्नेरी गाउँमा मान्छे आउन र जान नदिने भएका छन् ।अधेरी खोला र राम्चे जाने बाटोसम्मको बीच भागमा मानिस आउजाउ गर्न नि’षेध गरेको स्थानीयले बताएका छन् ।सुरक्षाकर्मीले स्थानीयलाई घरबाट बाहिर ननिस्कन आग्रह गरेका छन् । सुरक्षाकर्मीले माथिबाट कुनै आदेश आएको छैन तर सावधानीका लागि घरबाहिर ननिस्किदिनुस भनेर अ’नुरोध गरेको स्थानीयले बताए ।

जिल्लामा त्यस क्षेत्रलाई शील गर्ने विषयमा आकस्मिक बैठक बसी छलफल चलिरहेको छ । आफ्नो क’रेसाबारी भन्दा बाहिर नजान सुरक्षाकर्मीले आग्रह गरेका हुन् । स्थानीयले पनि सुरक्षाकर्मीको कुरा मानेर घरभित्रै बसेका छन् ।गाउँमा एक किसीमको त्रा’स फैलिएको छ एक स्थानीयले भने ती महिला बोकेको गाडीमा स्थानीयहरु पनि आ’वतजावत गरेको पाइएको छ । ती महिलाको घरमा १० वर्षीय छोरा पनि रहेका थाहा हुन आएको छ । सुरक्षाकर्मीले प्रत्येक घरमा गएर त्यहाँका मानिसहरुको तथ्याकं संकलन गर्दैछ ।स्थानीय जनप्रतिनिधहरुपनि के गर्ने भन्ने विषयमा छलफल गरिरहेका छन् ।

उनको धुलिखेल अस्पतालमा आरडीटी र पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको अस्पताल स्रोतले बताएको छ । थप परीक्षणका लागि टेकु प्रयोगशालामा पठाइएको र त्यसको रिपोर्टमा पनि पोजेटिभ देखिएको छ ।उनका भर्खरै जन्मिएका छोरा, आमा र श्रीमान अस्पतालमै रहेको पारिवारिक स्रोतले बताएको । ती महिला १० दिनकी सुत्केरी थिइन् । वैशाख २३ गते सुत्केरी व्यथा लागेपछि ती महिलालाई शिक्षण अस्पताल महाराजगञ्ज लगिएको थियो । २४ गते नै छोरा ज’न्माएकी उनी दुई दिन अस्पतालको ब’साइपछि २५ गते डि’स्चार्ज भएर घर फर्किएकी थिइन् ।

शिक्षण अस्पतालबाट उनलाई नेपाल रे’डक्रस सोसाइटी बाह्रबिसेको एम्बुलेन्सबाट घर ल्याइएको थियो । घर ल्याइएको केही दिनमा श्वा’सप्रशवासमा स’मस्या भएपछि उनलाई बिहीबार राति बलेरोमा धुलिखेल अस्पताल पुर्याइएको थियो । चिकित्सकको अ’नेक प्रयासका बा’बजुद उनको शुक्रबार बिहान मृ’त्यु भएको थियो ।

Related Articles

Back to top button
Close