vada
News

प्रकाश सपुतले जिते कोरोनालाई

नेपालका सेलिब्रेटिहरु समेत कोरोनाको संक्रमण बाट अछुतो रहन सकेनन् । पछिल्लो समय मदनकृष्ण श्रेष्ठ, केकी अधिकारी , प्रकाश सपुत लगायतलाई कोरोना संक्रमण देखिएको थियो ।

कोरोना संक्रमित प्रकाश सपुतले कोरोना बिरुद्धको लडाईमा जित हाँसिल गरेका छन् । उनले कारोनालाई परास्त गर्न सफल भएका छन् । उनले आफु कोरोना मुक्त भएको जानकारी सामाजिक सञ्जाल मार्फत दिएका हुन् ।

उनका भाई देबेन्द्रले पनि कोरोनालाई पराजित गरेका छन्। आमा भने अझै पनि कोरोना संक्रमित नै रहेकी छिन् । बैशाख १६ गते कोरोना संक्रमित भएका थिए। संक्रमण पुष्टि भएपछि प्रकाश होम आइसोलेसनमा बसेका थिए।

Related Articles

Back to top button