News

दाङमा पहिलोपटक भेटियो २ जना कोरोना संक्रमित

काठमान्डौ / भर्खरै थप ९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै कोरोना संक्रमितको संख्या २६७ पुगेको छ । दाङमा २ जनामा कोरोना भाइरस रोगको पुष्टि भएको छ ।

भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा २ जनालाई कोरोना पोजेटिभ देखिएको हो । दाङमा पहिलो पटक कोरोना संक्रमण देखिएको हो ।

त्यस्तै कोरोना भाइरसको संक्रमितको संख्या बढ्दै गएपछि काठमाडौंको चन्द्रागिरि नगरपालिका सिल गरिएको छ । नगरपालिकामा जनप्रतिनिधि र सुरक्षा अधिकारीको आज बसेको बैठकले नगरपालिका क्षेत्रभित्र अत्यावश्यक काममा बाहेक हिँडडुल र गाडी चलाउन प्रतिबन्ध गरिएको छ ।

कलंकी थानकोट सडकबाहेक अरु सबै सडकमा सवारी साधन चल्न बन्द गरिएको नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले जानकारी दिए । ‘राजमार्ग समेत यही वडामा पर्ने भएकोले सिल गरिएको घोषणा गरिएको छैन । तर, लकडाउन कडाइ गर्दा सिल गरेसरह नै कडा गरिने छ ।

गत वैशाख ३० गते चन्द्रगिरिमा बसोबास गर्ने ३३ वर्षीया युवतीमा कोरोना संक्रमण देखिएको थियो । ती युवती चन्द्रागिरि– ९ निवासी थिइन् । त्यस्तै जेठ एकमा पनि चन्द्रागिरिमै बसोबास गर्ने ३२ वर्षीय युवकमा पनि कोरोना संक्रमण देखिएको थियो ।

जेठ एकमै काठमाडौंको दहचोक बस्ने ७ वर्षीय बालकमा समेत कोरोना संक्रमित भएको पाइएको छ । त्यस्तै, बिहीबार धादिङ स्थायी घर भएकी महिला पनि वैशाख २७ गते काठमाडौंको सतुंगलमै रहेकी छन् ।

Related Articles

Back to top button
Close