vada
News

फाइलनका लागि भोट माग्दै दिवेश पोखरेल ( सक्दो सेयर गरौ)

काठमाडौं ०२ जेठ / विश्व प्रसिद्ध अमेरिकाको बहुचर्चित रियालिटी गायन कार्यक्रम अमेरिकन आइडलको उत्कृष्ट सातमा नेपाली युवा दिवेश पोखरेल पुगेपछि नेपालीको चासो यो कार्यक्रममा बढेको छ ।
अब यो प्रतियोगिताको उत्कृष्ट पाँच यही आइतबार घोषणा हुँदै छ । जसका लागि आफूलाई धेरैभन्दा धेरै भोट गर्न दिवशले अनुरोध गरेका छन् ।

अथर गनका नामले परिचित दिवेशले यसपटक भोटिङका आधारमा आफू उत्कृष्ट सातमा पुगेको बताएका छन् । यसरी नै देश विदेशमा रहेका नेपालीले आफूलाई अनलाइन भोटिङ गर्ने हो भने आफू उत्कृष्ट पाँचमा पुग्ने उनको विश्वास छ । उत्कृष्ट पाँच नै फाइनल कार्यक्रम भएकाले यसपटक आफूलाई बढी नै सहयोगको आवश्यकता भएको पनि उनले बताएका छन् ।

काठमाडौंको रविभवनका दिवेश आफ्ना परिवारसहित सन् २०१४ देखि अमेरिकामा बस्दै आएका छन् । उनी परिवारसँग अमेरिका गएका हुन् । उनी दुई वर्षयता सक्रिय रूपमा अमेरिकामा अथर गनको परिचय बनाएर गायनमा लागेका हुन् ।

Related Articles

Back to top button
Close