महाकाली नदी किनारमा सशस्त्रको गस्ती सुरु ओलिको सिधा आ,देश देखेर मोदी त,नाबमा(भिडियो हेर्नुहोस )
नेपाल–भारत सीमा क्षेत्र दार्चुला जिल्लाको व्यास गाउँपालिका–१ छाङ्गरू (गागा) स्थित महाकाली नदी किनारमा सशस्त्र प्रहरीको टोलीले गस्ती सुरू गरेको छ।लिपुलेक क्षेत्रको सीमा सुरक्षाका लागि बुधबार सशस्त्र प्रहरी बल बिओपी स्थापना गरिएको थियो।
इतिहास मै पहिलो पटक सरकारले जिल्ला सदरमुकाम खलङ्गास्थित सशस्त्र प्रहरी बल नेपाल नं ५० गुल्मबाट बुधबार यहाँको सीमा सुरक्षाका लागि सशस्त्रको टोली पठाएको हो।
आफ्नो बन्दोबस्ती र गाँस, बास, कपासको जोहो गर्ने काम पूर्ण नहुँदै सशस्त्रले सीमा गस्तीलाई उच्च प्राथमिकता दिएर गस्ती नियमित गरेको हो। केही टोली दार्चुलाबाट आउँदै गर्दा अघिल्लो दिन आइपुगेका टोली सुरक्षामा खटिएको थियो ।
टोलीले भारतसँग जोडिएको महत्वपूर्ण नाका सीतापुलबाट गस्ती थालेको हो। नेपाल र भारत आवागमनका लागि यहाँको सीमा क्षेत्रमा महाकाली नदीमाथि बनेको काठे कच्ची पुल छ। त्यही पुलबाट नेपालीहरू आवतजावत गर्ने गर्छन्। अहिले लकडाउनका कारण यहाँबाट आवतजावत ठप्प छ। भिडियो हेर्नुहोस