International

बेलायतका प्रधानमन्त्रीलाई पनि कोरोना संक्रमण

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको पाइएको छ ।

जोनसनले ट्वीटरमा भिडियो पोष्ट गरेका छन्, जसमा आफूलाई पछिल्लो २४ घन्टामा ज्वरो आउनुका साथै खोकी लागेको बताएका छन् । मेडिकल अफिसरको सल्लाहअनुसार परीक्षण गर्दा नतिजा पोजेटिभ पाइएको भन्दै उनले भनेका छन्, म घरबाटै काम गरिरहेको छु ।’

डाउनिङ स्ट्रिटका एक प्रवक्ताकाअनुसार संक्रमणको पुष्टि भएसँगै उनी सेल्फ आइसोलेसनमा बसेका छन् । उनले आइसोलेसनमै बसेर सरकार चलाउनेछन् ।

Related Articles

Back to top button
Close