News

चन्द्रागिरीका संक्रमित शसस्त्रका युवक संक्रमित युवतीसंगै नेपालगञ्जबाट आएका थिए

काठमाडौँ, २ जेठ । चन्द्रागिरीमा बिहीबार कोरोना संक्रमण पुष्टि भएका ३२ वर्षीय सशस्त्रका युवा नेपालगञ्जबाट आएका खुलासा भएको छ । उनी विदामा स्थायी घर नेपालगञ्ज गएका स्रोतले जनाएको छ ।

ति युवक यसअघि सं क्रम ण भेटिएकी २५ वर्षीया युवतीसँगै गाडीमा काठमाडौँ आएको सशस्त्र स्रोतले जनाएको छ । यद्यपि उनी ड्यूटीमा नगइ स्वास्थ्य परीक्षण गरेका हुन् । उनको अन्य कर्मचारीसँग भेटघाट नभएको जनाइएको छ ।

लहान अस्पताललाई कोरोना विशेष अस्पताल बनाइने
प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि सिरहाको लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताललाई कोरोना विशेष अस्पतालका रूपमा सञ्चालन गर्ने तयारी थालिएको छ ।

कोरोना भाइरसको स ङ्क्रम ण फैलिँदो अवस्थामा रहेकाले लहानस्थित अस्पताललाई ५० श्ययाको कोरोना विशेष अस्पताल सञ्चालन गर्ने तयारी थालिएको हो । प्रदेश नं २ का आठ जिल्लामध्ये सिरहा जिल्लाबाहेकमा कोरोना स ङ्क्रम ण पुष्टि भएपछि लहान अस्पताललाई प्रदेश नं २ को कोरोना विशेष अस्पतालका रूपमा सञ्चालन गर्ने केही दिनअघि प्रदेश नं २ सरकारले निर्णय गरेको थियो ।

सप्तरी र सिरहालगायत प्रदेश नं २ का जिल्लामा कोरोना स ङ्क्रम णको जोखिम उच्च रहेकाले लहान अस्पताललाई कोरोना विशेष अस्पताल बनाउने निर्णय भएको प्रदेश नं २ सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले जानकारी दिनुभयो । प्रदेशका सबै जिल्लामा थप तीन–तीन सय क्षमताको क्वारेन्टाइन तयारी अवस्थामा राख्ने निर्णयसमेत भएको कानूनमन्त्री यादवले बताउनुभयो ।

प्रदेश सरकारको निर्णयअनुसार दुई दिनअघि सामाजिक विकास मन्त्रालयको टोलीले अस्पतालको स्थलगत निरीक्षण गरी कोरोना अस्पताल सञ्चालनको सम्भावना र चुनौतीका विषयमा आफूहरुसँग छलफलसमेत गरेको लहान अस्पतालका मेसु डा सुनिलकुमार कुशवाहाले बताउनुभयो । टोलीले कोरोना अस्पताल सञ्चालनका लागि चाहिने आवश्यक पूर्वाधारसहित जनशक्ति छिट्टै पठाउने र तयारी थाल्न निर्देशन दिएको मेसु डा कुशवाहाले बताउनुभयो ।

यस्तै सिरहाको लहानस्थित जेएस मुरारका क्याम्पसमा ३०० श्ययाको क्वारेन्टाइन बनाउने भएको छ । जिल्ला सुरक्षा समितिको बैठकले छिमेकी देश भारतबाट नेपाली फर्किने क्रम बढेकाले क्याम्पसमा क्वारेन्टाइन बनाउने निर्णय गरेको हो । कोरोना प्रभावित भारतबाट थुप्रै सङ्ख्यामा नेपाली नेपाल प्रवेश गर्ने तयारीमा रहेकाले अहिले भएका क्वारेन्टाइन अपर्याप्त भएकाले उहाँहरुलाई तत्काल राख्न क्याम्पसमा क्वारेन्टाइन बनाउने निर्णय भएको सिरहाका प्रमुख जिल्ला अधिकारी सरोजप्रसाद गुरागाईँले जानकारी दिनुभयो ।

Related Articles

Back to top button
Close