vada
Video

छिमेकीले वाटोमा पर्खाल लगाइदिएपछि सानो बच्चा सहित महिला आफ्नै घर भित्र बन्दी (भिडियो हेर्नुस्)

काठमाडौं । छिमेकीले बाटो बन्द गरेर निकै लामो पर्खाल र त्यस माथि पनि किला लगाइदिएपछि एक महिला घर भित्रै बन्दी जस्तै भएकी छन् । छिमेकीका कारण २ घर परिवार बन्दी भएका हुन् ।

सानो बच्चासंग बस्दै गरेकी एक महिला र डाक्टरको परिवार बन्दी जस्तै बनेको हो । डाक्टर दिनहुँ अस्पतालमा ड्युटी जानुपर्ने अवस्था छ । छिमेकीले लक्ष्मी दुलाल र सोनिका मास्केको घरलाई वाटो नदिएर अगाडी वाल लगाइदिएपछि उनीहरु बन्दी जस्तै भएका हुन् । यस अघि हिड्न दिइरहेको भएपनि गएको एक साता अगाडी वाल उठाइदिएपछि अहिल उनी घर भित्रै छन् ।

काठमाडौंमै यस्तो हुँदा पनि वरपरका ब्यक्ति पनि बोलेनन् । एउटा घरमा कोही नभएका कारण घरमा आउन पाएका छैनन् भने एउटा घरमा सानो बालकसंग महिला बस्छिन् । उनले आफु बाहिर निस्कन नपाएको बताएकी छन् । डरले आफु बोल्न पनि नसक्ने अवस्थामा पुगेको बताएकी छन् । ४ वर्ष सम्म हिड्दै आएको बाटोमा वाल उठाइएपछि अहिले भने उनी घर भित्रै छन् ।

सानो छोरा बाहिर खेल्न जान्छु भन्छ, वाहिर जाने ठाउँ छैन छोराले त्यस्तो भन्दा मन भक्कानिएर आउने गरेको बताइन् ।
उनले ४ वर्ष अघि वडा कार्यालयमा गएर त्यसको जानकारी दिएको भएपनि अझै समस्या समाधान नभएको बताइन् । नक्सामा भएको बाटो पनि मिचेर छिमेकीले वाल लगाइदिए पछि उनको यस्तो अवस्था भएको हो । उनले आफ्ना पक्षमा बोलिदिने अरु नभएका कारण अहिले सम्म बन्दी जिवन बिताउनु परेको बताएकी छन् ।

चार वर्ष सम्म हिड्न दिएको भएपनि अर्को छिमेकीमै रहेको अर्को परिवार डाक्टर भएका कारण पनि वाल लगाएको हुनुपर्ने बताएन् । आफु सुगर र उच्च रक्तचापको विरामी रहेको र अहिले सम्म औषधि पनि खान नपाएको बताएकी छन् । वडा कार्यालयले बारम्बार आश्वासन दिने गरेको भएपनि वाटो नखुलाइदिएको बताएकी छन् ।

Related Articles

Back to top button
Close