News

भारतीय सेनाले शरण मागेपछि श्री ५ महेन्द्रले कालापानीमा शरण दीईबक्सिएको थियो

पूर्णिका शाह
हाम्रा स्वर्गीय श्रद्धेय महाराजधिराज श्री ५ महेन्द्र वीर विक्रम शाहदेवले तत्कालीन समयमा (सन् १९६२ ) भारत र चिन बीच यु’द्ध चलिरहेको बेला हारेर फर्किएको बेला भारतीय सेनाले शरण मागेपछि भारतिय सेनालाई कालापानीमा शरण दीईबक्सिएको थियो।

पछि सन् १९६८ सम्म महाराजधिराजले १७ वटा भारतीय क्याम्प नेपालको भूमिबाट हटाइबक्सियो। कालापानीको क्याम्प हटाउन ताकेता गर्दै बखतमा भारतले सुगौली सन्धिको कुरा निकालेर विवाद भएपछी दुबै देशले आधिकारिक नक्सामा उक्त भूभाग नराख्ने गरि कालापानीलाई अध्ययन टोलीको जिम्मा लगाइयो। त्यहि कारण नेपालको पुरानो नक्सामा पनि कालापानी अटाउन सकेन। त्यतिबेला सार्वजनिक भएको नक्सा कस्तो थियो भनेर पनि प्रमाण पेश गरिएको छ।

सन् १९७१ मा महाराजाधिराज स्वर्गीय भईबक्सिएपछि तत्कालिन समयमा स्वर्गीय विरेन्द्र वीर बिक्रम शाहदेव राजगद्दीमा आइबक्सियो। कालापानी विवाद लगायत सिमा विवाद राजसंस्थाले हल गर्ने थियो तर , देशमा त्यसपछि ०४६ आन्दोलनले बहुदल ल्याएर दलको हातमा सर्वेसर्वा गएपश्चात राजसंस्थामा अधिकार नभएकोले कालापानी लगायत सिमा वि’वाद हल हुन सकेन। अध्ययन टोलीले त्यसपछि कस्लाई प्रतिवेदन बुझायो त्यो राजसंस्थालाई जानकारी भएन। तर , त्यसको परिणाम राजसंस्था सम्म कहिल्यै आइपुगेन।

देशी विदेशी ष’डय’न्त्रपूर्वक दरबार काण्ड घट’नापश्चात गणतन्त्रको निम्ता दिएर राजतन्त्रलाई अस्तित्वविहीन बनाएपछि बल्ल त्यसको पनि १२ वर्ष पश्चात आएर अहिले भारतले आफ्नो नाममा भुभाग समेटिएको नक्सा सार्वजनिक गर्न आँट गरेको हो।

देशको सिमा रक्षा गर्नको लागि राजसंस्था कहिल्यै पनि चुकेको थिएन। राजसंस्थालाई यो देशको माया सधैं छ र रहिरहने छ।

भन्नलाई २५० वर्षको सासन गरेको भनिए पनि वास्तविक सासन स्वर्गीय महाराजाधिराज महेन्द्र वीर विक्रम शाहदेवले सत्ता हातमा लिँदाको केहि समय बाहेक अरु बेला राजसंस्था सक्रिय भएर सासन गर्न पाएको थिएन।

त्यसैले २५० वर्ष राजाले सासन गरे भन्ने तर्क पूर्ण गलत हो। नेपालको स्वर्णिम युग पनि त्यहि राजसंस्थाको प्रतक्ष सासन भएको समय नै थियो जतिबेला विभिन्न उद्योग , सडक , राजमार्ग बनेका थिए। केहि अहिले पनि संचालनमा छन् र केहीलाई दलहरुले बेचेर सकेको प्रमाण सबैलाई साक्षी नै छ।

बितेको समय फर्किएर आउला नआउला तर एकोहोरो रुपमा राजसंस्थालाई दोषी देख्ने चस्मा पहिरनु अघि यी तथ्य विचार गर्नुहुनेछ भन्ने आशा लिएका छौं। देश बिगारेको राजसंस्थाले हैन। देशको सिमा सुरक्षा नगरेको विषयमा राजसंस्थालाई नजोडियोस भन्ने आग्रह गर्दै सबैको जय होस् भन्न चाहन्छौं।

आराध्य देव श्रीपशुपतिनाथले सबैको कल्याण गरून्
जय जननी ???????? जय नेपाल????????

Related Articles

Back to top button
Close