vada
News

नायिका केकीलाई कोरोना ‘संक्रमण’ !

चलचित्रकी नायिका केकी अधिकारीको कोरोना रिपोर्ट पोजिटिभ आएको छ ।दिपक श्रेष्ठको निर्देशनमा तयार हुन लागेको चलचित्रको छायांकन सोमबारदेखि सुरु हुन लागेको थियो । तर, केकीमा कोरोना संक्रमण देखिएसँगै छायांकन केही दिन पछि सारिएको छ ।

पहिलो पटक टेष्ट गर्दा कोरोना पोजिटिभ देखिएपछि केकीले विश्वास नलागेर दोश्रो पटक पनि टेष्ट गरेकी थिइन् । तर, दोश्रो पटक पनि कोरोना पोजिटिभको रिपोर्ट आएपछि केकी होम क्वारेन्टाइनमा बसेकी छिन् ।

यसअघि पनि चलचित्रको छायांकन सुरु गर्ने तयारी भैरहँदा निर्देशक दीपक श्रेष्ठलाई को’रोना पोजिटिभ देखिएको थियो ।चलचित्रको छायांकन पनौतीबाट सुरु गर्ने तयारीमा यसको निर्माणपक्ष थियो । केकीको रिपोर्ट नेगेटिभ आएसँगै छायांकन सुरु हुने निर्माणपक्षले बताएको छ ।

यो पनि- ३ बर्षपछि फिल्मको छायांकन

नायिका अदिती वुढाथोकीले चलचित्र ‘कृ’को छायांकन सकेको ३ बर्ष बढी भयो । ३ बर्ष अगाडि यो चलचित्रमा काम गरेपछि अदितीले नयाँ चलचित्रमा काम गर्न समय लगाइन् ।

अदिती आफूलाई चलचित्रमा काम गर्न टिमसँग सहजता महशुश हुनुपर्ने बताउँछिन् । यसका लागि समय लागेको उनको कथन । उनै, अदिती आफ्नै होम प्रोडक्शनको चलचित्र ‘बाबरी’को छायांकनमा सोमबारदेखि जोडिएकी छिन् ।

३ बर्षपछि चलचित्रको छायांकन सेटमा जोडिन पाउँदा अदितीमा उत्साह देखिन्छ । आफ्नै घरको चलचित्र भएकाले पनि अदितीमाथि केही दबाब थपिएको छ । उनले, चलचित्रमा मात्र अभिनय गरेनन् सुख पाउने अवस्था छैन ।

दोश्रो पटक सुरेन्द्र पौडेलसँग नै काम गर्न लागेकी अदितीका लागि यो चलचित्रको बक्स अफिस पनि महत्वपूर्ण हुन्छ । धिरज मगर, धिरज टोटलानी र अदिती वुढाथोकीको मुख्य भूमिका रहने चलचित्रलाई लेटाङ, बुधबारे र सिक्किममा खिचिनेछ । तर, कोरोनाको दोश्रो लहरका कारण थुप्रै क्षेत्रहरु प्रभावित भैरहेको समयमा यो चलचित्रको छायांकन पुरा गर्न यसको निर्माणपक्षलाई सहज भने हुने देखिएको छैन ।

Related Articles

Back to top button