vada
News

अस्पतालले भर्ना लिन नमानेपछि कोरोना संक्रमित ३५ वर्षीया महिला गयो ज्यान

अस्पतालले भर्ना लिन नमानेपछि उपचार गर्दागर्दै कोरोना संक्रमित ३५ वर्षीया महिलाको सोमबार निधन भएको छ । घरमै सिकिस्त बिरामी भई उपचारका लागि विराटनगर लगिएकी त्रियुगा नगरपालिका–६ देउरालीकी महिलाको कोसी अस्पतालमा निधन भएको हो ।

एउटा अस्पतालले अर्को र अर्कोले अर्कोमा गर्दागर्दै एम्बुलेन्समा अक्सिजन सकिएको थियो, पाँचौ अस्पताल पुर्याउँदा उनको मृ त्यु भएको हो ।

उपचार गर्नुपूर्व एन्टिजेन परीक्षण गर्दा पोजेटिभ देखिएपछि विराटनगरका अस्पतालले उपचार गर्न नमान्दा निधन भएको आफन्तले बताए । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

Related Articles

Back to top button