vada
News

आज कहाँ कहाँ पानी पर्छ ? हेर्नुहोस् मौसम पूर्वानुमान

काठमाडौं । मंगलबार देशको उच्च पहाडी भू-भागहरुमा आंशिक बदली रहेको छ भने बाकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अपरान्ह पछि देशको पश्चिमी भू-भागमा स्थानीय वायुको साथसाथै पश्चिमी वायुको प्रभाव रहने देखिन्छ ।

आज दिउँसो देशको सुदुरपश्चिम प्रदेश, कर्णाली,गण्डकी तथा लुम्बिनि प्रदेशमा आंशिक देखि सामान्य बदलीको सम्भावना रहेको छ भने बाँकी भू-भागमा आंशिक बदली रहनेछ ।

देशको सुदुर पश्चिम तथा कर्णाली प्रदेशका थोरै स्थानहरू र बाकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानहरुमा अपरान्ह पछि मेघगर्जन, हावाहुरी र चट्टयाङसहित पानी पर्ने सम्भावना रहेको छ।

त्यस्तै आज राति देशको सुदुरपश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेशका भू-भागमा आंशिक देखि सामान्य बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । देशको सुदुर पश्चिम तथा कर्णाली प्रदेशका थोरै स्थानहरू र बाकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानहरुमा मेघगर्जन, हावाहुरी र चट्टयाङसहित पानी पर्ने सम्भावना रहेको छ।

Related Articles

Back to top button