News

‘कोरोना हटिजा’ भन्दै भाइरल भएका पास्टर ५ लाख धरौटीमा रिहा

काठमाडौं । कोरोनाका वारेमा अनावश्यक अफवाह फैलाएको आरोपमा प क्रा उ परेका पास्टर केशवराज आचार्य धरौटीमा छुटेका छन् । उनी ५ लाख रुपैया धरौटीमा छुटेका हुन् ।

प्रशासनबाट २७ गते नै ५ हजार धरौटीमा रिहा भएका आचार्यलाई प्रहरीले ‘धर्म परिवर्तन’ सम्बन्धमा जिल्ला अदालत कास्कीमा वैशाख ४ गते मु द्दा दायर गरेको थियो। अदालतले वैशाख ७ गते ५ लाख धरौटीमा रिहा गरे पनि उनले धरौटी नबुझाएपछि पुर्पक्षका लागि जे ल चलान गरेको थियो।

अदालतले तोकेको धरौटी तिरेपछि आचार्य बुधबार कास्की कारागारबाट रिहा भएका हुन् । तर उनी अझै पनि प्रहरी हिरा सत बाट भने मुक्त भएका छैनन्। कास्कीमा मुद्दा अनुसन्धानकै क्रममा अफवाह र धर्म परिवर्तनसम्बन्धी उजुरी जिल्ला प्रहरी कार्यालय डोल्पामा पनि परेका कारण उनी हिरासतवाट नछुटेका हुन् ।

डोल्पामा मु द्दा अनुसन्धानकै क्रममा रहेका कारण उनलाई डोल्पा पठाइएको छ । आचार्यलाई बुधबार नै स्याङ्जा प्रहरीको जिम्मा लगाएको छ भने स्याङ्जाबाट पाल्पा हुँदै प्रहरीले डोल्पा लैजाने भएको छ ।

पोखरा १७ पावर हाउसमा बस्ने पास्टर केशवराज आचार्यको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि उनी विरु द्ध मु द्दा परेको थियो । कोरोना भाइरस रोकथामका लागि नेपालमा लकडाउनको घोषणा भएपछि भाइरल भएको भिडिओमा आचार्यले ‘ओइ, कोरोना तँ म रि जा येशुको नाममा’ भन्दै बोलेको देखिन्छ । उनले यशुका अनुयायीलाई कोरोनाले नछुने भन्दै भ्रम फैलाएको आरोपमा प क्रा उ गरीएको हो ।

भिडिओमा उनले ‘परमेश्वरको क्रिया चाइनामाथि’ भएको बताएका छन्। उनको भाइरल अर्को भिडिओमा एचआइभी र क्यान्सरजस्ता रोगका बिरामीसमेत प्रार्थना गरेर निको बनाइदिएको दाबी गरेका छन् ।

Related Articles

Back to top button
Close