News

मोटरसाइकल चढ्दैन भनी रातको ११ बजे पैदलै अस्पताल आएका थिए कोरोना सङ्क्रमित

भरतपुर ।
मोटरसाइकल चढाएर अस्पताल लगिदिने आग्रहलाई कोरोना भाइरस सङ्क्रमित एक व्यक्तिले अस्वीकार गरेका छन् । पैदलै भरतपुर कोरोना विशेष अस्पताल आएका ती व्यक्तिलाई बाटोमा मोटरसाइकल सवार एक जनाले अस्पताल पु¥याइदिन्छु भन्दा उनले त्यो आग्रहलाई अस्वीकार गरेका हुन् । भरतपुरको केन्द्रीय बस ट्रमिनल झरेर पैदलै उनी विमानस्थल अगाडिको बाटो हुँदै कोरोना अस्पतालतर्फ आएका थिए ।

एकान्त बाटोमा रातको ११ बजेपछिको समयमा उनी एक्लै हिँडिरहेका थिए । सोही क्रममा एक भलाद्मीले टाढैबाट मोटरसाइकल रोकेर रातिको समयकहाँ पुग्ने हो लगिदिन्छु भनी आग्रह गरेको उनले अस्पतालका चिकित्सकसँग भनेका छन् । भरतपुर अस्पतालका डा प्रमोद पौडेलका अनुसार त्यस क्रममा ती व्यक्तिले आफू भारतबाट आएको र कोरोना परीक्षण गर्न अस्पताल जान लागेकाले मोटरसाइकल नचढ्ने भनी जवाफ दिएका थिए ।

मोटरसाइकल रोक्ने व्यक्ति केही टाढा भएकाले कुनै समस्या नहुने अनुमान गरिएको छ । पूर्वी नवलपरासीको देवचुली गाउँपालिका–१२ का ४९ वर्षीय ती व्यक्ति वैशाख ३० गते राति ११ः३० बजे भरतपुर कोरोना विशेष अस्पताल आइपुगेका हुन् । जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईँका अनुसार ती व्यक्ति वैशाख २७ गते भारतको कोलकताबाट हिँडेका थिए । एउटा ट्रकमा रक्सौलमा आएर झरेको चापागाईँले जानकारी दिनुभयो ।
त्यहाँबाट सामान लिन नेपालबाट गएको ट्रक चढेर उनी आएका हुन् । उनका अनुसार ट्रकमा चालक मात्र छन् । ट्रक काठमाडौँतर्फ गएको अनुमान छ । चापागाईँको भनाइमा ती व्यक्तिलाई परिवारले भरतपुरमा कोरोना परीक्षण गरेर मात्र आउन भनेपछि उनी अस्पताल पुगेका हुन् । ती व्यक्ति निकै संयमित भएका कारण समस्या नभएको चापागाईँले बताउनुभयो ।

हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ । भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीका अनुसार उनलाई कोरोना अस्पतालको आइसोलेसनमा राखिएको छ । भरतपुर अस्पतालमा यसअघि रहेका दुई कोरोना सङ्क्रमित निको भएर घर फर्किएपछि हाल अस्पतालमा सङ्क्रमित छैनन् ।
भरतपुर अस्पतालकै स्वामित्वमा रहेको कोरोना अस्पतालमा उनलाई राखिएको छ । उनी कोलकताबाट रक्सौलसम्म तरकारी बोकेको ट्रकमा आएका हुन् । ट्रकमा चालक र सहचालक रहेको उनले अस्पतालमा जनाएका छन् ।

डा पौडेलका अनुसार रक्सौलबाट उनी चढेर आएको ट्रक पनि तरकारी बोकेकै थियो । सो ट्रक २६२० नंको रहेको पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, “सञ्चारमाध्यममार्फत ट्रक चालक र मोटरसाइकल चालकलाई परीक्षणका लागि आउन सन्देश पु¥याउनुप¥यो ।”

Related Articles

Back to top button
Close