News
धादिङकी कोरोना संक्रमित महिलाको काठमाडौंमा ब्युटिपार्लर सन्चालन
धादिङ २ जेठ / धादिङकी ३० वर्षीया कोरोना संक्रमित महिला गल्छि गाउँपालिका वडा नम्बर ८ कटुवालपौवाकी भएको खुलेको छ ।
उनी काठमाण्डौको सतुङगलमा व्युटि पार्लर सन्चाला गर्दै आएकी थिइन् । लकडाउन अलि खुकुलो भएपछि उनी घर गोगनपानी आएको खुलेको छ। घरमा १५ दिन बसेर पुनः काठमाण्डौ फर्किएकी थिईन ।
काठमाण्डौ गएपछि ज्वरो आउने र खोकी आउने समस्या भएपछि परिक्षण गराउन जाँदा कोरोना पोजेटिभ देखीएको हो ।
घरमा बस्दा मेलपात तथा गल्छि बजार आवत जावत गरेको पनि खुलेको छ । अहिले गल्छि गाउँपालिकालाई सिल गर्ने तयारी भईरहेको छ ।