vada
News

सुनको मूल्य बढ्यो, कति पुग्यो तोलाको ?

(बिहीबार) नेपाली बजारमा सुनको मूल्यले उकालो यात्रा तय गरेको छ ।
गएको (मंगलबार) तोलाको ८९ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज बिहीबार ३ रुपैयाँले बढेर तोलाको ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, तेजावी सुनको मूल्य आज ८९ हजार ३ सय ५० रुपैयाँ कायम भएको छ । गएको मंगलबार तेजावी सुनको मूल्य ८९ हजार ५० रुपैयाँ कायम भएको थियो ।
त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । गत मंगलबार तोलाको १ हजार २ सय ६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज ३० रुपैयाँले बढेर तोलाको १ हजार २ सय ९० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

Related Articles

Back to top button