vada
News

बिहानै आयो दु:खद खबर दोलखामा जीप दुर्घटना : एकै गाउँका चार जनाको ज्यान गयो, १८ जना घाइते

काठमाण्डाै – दोलखामा जीप दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ ।दोलखाको बिगु गाउँपालिका-४ लादुकमा गएराति प्रदेश ३-०१-०२३ च ७५८० नम्बरको जीप दुर्घटना हुँदा बिगु-३ का २४ वर्षीया चण्डीका थापा, ३५ वर्षीय विनोद केसी, ४५ वर्षीया अजिता खत्री, ५२ वर्षीया राधा खड्काको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

सिन्धुपाल्चोकको तातोपानी गएर फर्किएको जीप बिगु गाउँपालिकाको लादुकमा दुर्घटनामा परेको हो । दुर्घटनामा चालकसहित १८ जना घाइते भएका छन् । उनीहरुमध्ये ७ जनाको दोलखामा र अरुको धुलिखेल तथा काठमाण्डौको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

Related Articles

Back to top button