News

कतार एयरबाट संक्रमित युवतीसँगै आएका विकमा रुखाखोकीको संक्रमण देखियो

गत चैत ४ गते कतार एयरवेजको फ्लाईटमा कोरोना भाईरस संक्रमति युवतीसँगै आएका बाग्लुङ्खका अजय बिकमा रुघा खोकीको संक्रमण देखिएको छ । उनलाई केही दिनयतादेखि रुघाखोकीको संक्रमण देखिएको हो । उनी ढोरपाटन नगरपालिका वडा नम्वर ५ अधिकारीचौस्थित आफ्नै घरमा सेल्फ क्वारेन्टाइनमा बस्दै आएका छन् । उनका दुई घरमध्ये एउटामा श्रीमती छोराछोरी र अर्को घरमा बिक सेल्फ क्यारेन्टाईनमा बस्दै आएका हुन् ।

विहिवार बुतिबाङ्ख ईलाका प्रशासन कार्यालयका प्रमुख लोकबहादुर कुँवर, नेपाली काँग्रेस क्षेत्र नम्वर २ का क्षेत्रीय सभापति द्रोणबहादुर कुँवर, वुर्तिबाङ्ख प्राथामिक स्वास्थ्य केन्द्रका चिकित्सक केशव थापा लगायतका सरोकारवालाको टोली त्यहाँ पुगेको थियो । उक्त टोली संक्रमणबाट बच्ने स्वास्थ्य सामग्री उपलब्ध गराएर फर्किएको जनाइएको छ ।

विकले भने आफुलाई चिसोका कारण रुघाखोकी लागेको आशंका गरेका छन् । रुघाखोकीको बिरामी भएलगत्तै उनलाई छिमेकीहरुले समेत नमुना परीक्षणका लागि लगातार दवाव दिइरहेका छन् ।

Related Articles

Back to top button
Close