vada
News

फेरि बढ्यो अमेरिकी डलरसहित सबै देशको विनिमयदर, हेर्नुहोस् कुनको कति ?

काठमाडौं । बिहिबार अमेरिकी डलरसहित अन्य सबै देशको विनिमयदर बढेको छ ।

आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १८ रुपैयाँ ९९ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १९ रुपैयाँ ५९ पैसा तोकिएको छ । यस्तै एक अस्ट्रेलियन डलरको खरिददर ९० रुपैयाँ ७७ पैसा रहेको छ भने बिक्रीदर ९१ रुपैयाँ २२ पैसा रहेको छ ।

एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ७३ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ८९ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ६७ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ८४ पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६२ रुपैयाँ १५पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६२ रुपैयाँ ९८ पैसा तोकिएको छ। त्यस्तै जापानी यनको खरिददर १० रुपैयाँ ६० पैसा तोकिएको छ भने बिक्रिदर १० रुपैया ६६ पैसा तोकिएको छ ।

एक युरोको खरिददर १ सय ४१ रुपैयाँ ५० पैसा रहेको छ भने बिक्रीदर १ सय ४२ रुपैयाँ २२ पैसा रहेको छ । एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ ८० पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ९५ पैसा तोकिएको छ ।

त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ९४ रुपैयाँ २२ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९६ रुपैयाँ २० पैसा तोकिएको छ । त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ६४ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ६९ पैसा तोकिएको छ ।

Related Articles

Back to top button