vada
News

ट्रकको ठक्करबाट मोटरसाइकलमा रहेकी स्टाप नर्सको निधन

जनकपुर । धनुषामा एक जना स्टाप नर्सको सडक दुर्घटनामा निधन भएको छ । स्वास्थ्य चौकीमा कार्यरत २२ वर्षीया चन्द्ररेखा यादवको ट्रकको ठक्करबाट विहिवार निधन भएको हो । मोटरसाइकलमा रहेकी उनलाई ट्रकले ठक्कर दिए पछि घाइेत अवस्थामा उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको थियो । उनको उपचारका क्रममा अस्पतालमा निधन भएको हो ।

मिथिला नगरपालिका वडा नम्बर ४ स्थित पुष्पवलपुर स्थित स्वास्थ्य चौकीमा कार्यरत यादव चढेको बा५२प ८६४८ नम्बरको मोटरसाइकललाई ट्रकले ठक्कर दिएको हो ।

ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक तिर्थ कार्कीका अनुसार दिउँसो करिब ४ बजेति पूर्वबाट पश्चिमतर्फ आइरहेको को १ ख २६२७ नम्बरको मालबाहक ट्रकले यादव चढेको मोटरसाइकलाई पुष्पवलपुर चोकमा ठक्कर दिएको थियो ।

ठक्करबाट जनकपुर उपमहानगरपालिका स्थित जमुनिया बस्ने २० वर्षिय मोटरसाइकल चाकल सिदार्थ यादव, मृतक चन्द्ररेखाको ४ बर्षिय छोरी माही यादव, नाम नखुलेको २ बर्षिय छोरा घाइते रहेको प्रहरीले जनाएको छ । यता ट्रक चाकल र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।

Related Articles

Back to top button
Close