vada
Entertainment

“अचानक नायिका पुजा शर्मा किन आइन् रु’दै मिडियामा, हेर्नुहोस्

काठमाडौं । अहिलेकी चर्चित एवम् व्यस्त नायिका हुन् पुजा शर्मा । अन्य नायिकाकाे तुलनामा उनकाे फ्यान फलाेइङ पनि धेरै छ । यो सफलता यतिकै मिलेको होइन, यहाँसम्म आइपुग्न उनले निकै संघर्ष गर्नुपर्यो ।

२०४९ साल वैशाख १८ गते सिन्धुपाल्चोकमा जन्मिएकी पूजाकाे बाल्यकाल दुःखमा बित्याे । छाेराकाे चाहना राखेका उनका बुवाले उनी जन्मिएपछि उनकी आमालाई एक्लो बनाए । पुजा र उनकी आमा दुर्गाले परिवारबाट कहिल्यै माया पाएनन् ।

श्रीमानबाट माया पाउन नसकेका कारण उनले छोरी पुजालाई भने राम्रो भविष्य दिने सोच बनाइन् । त्यसैले उनी घर परिवार छोडेर छोरीलाई लिएर काठमाडौं आइन्, संघर्ष गरेर पूजालाई राम्राे विद्यालय भर्ना गरिदिइन् । पूजा भन्छिन्- ‘छोरी जन्मिने बित्तिकै घरबाट राम्रो प्रतिक्रिया आएन । म जन्मिने बित्तिकै मेरो आमाको लागि राम्रो भइनँ । सानोमा आमाले मलाई एकदमै दुःख गरेर हुर्काउनु भएको थियो ।’

पूजाकाे उज्जवल भविष्यका लागि उनले राताेदिन पसिना बगाइन् । पूजाले एसएलसी पास गरेपछि पढाईसँगै एउटा एनजीओमा पनि काम गर्न थालिन् । पूजाकाे रूची अभिनयतिर थियाे । उच्च शिक्षा पढ्न क्यानडा गएकी उनी पढाइ पुरा नगर्दै फर्किइन् । उनले टुरिजम फिल्डमा लागेर पढ्न र काम गर्न थालिन् ।

पुजा सानैदेखि सुगम पोखरेलको फ्यान थिइन् । पछि उनै सुगमलाई भेटेपछि अभिनयतर्फ उनको पहिलो पाइला माेडियाे । म्युजिक भिडियोसँगै उनी पत्रकारिता पनि गर्न थालिन् । अभिनयमा अब्बल नभएका कारण उनले धेरै संघर्ष गर्नुपर्याे । नराम्रा प्रतिक्रिया, घाेचपेच झेल्नुपर्याे ।

उनी अभिनित मधुमास, अझै पनि, थ्रि लभर्स, चङ्खे शङ्खे पङ्खे लगायत सुरूवाती चलचित्र फ्लप भए ।

सबै फिल्म फ्लप भएपछि उनलाई लाग्याे – ‘मेरो त राम्रो कहिले पनि नहुने रहेछ ।’

यतिसम्म कि उनी ऐना हेरेर आफ्नाे अनुहार बेस्सरी चिथोर्थिन्, आफैँसँग रिस उठेर ।

‘यो क्षेत्रमा मलाई सजिलो थिएन । सुरुमा ए यस्तो पनि हिरोइन हुन्छ, यसले के गर्न सक्छ र ? भन्ने मान्छेहरु पनि धेरै थिए । यो क्षेत्रको प्रायः कसैले पनि राम्रो व्यवहार गर्नु हुँदैन थियो मलाई,’ एक युट्युब कार्यक्रममा विगत सम्झिँदै पूजाले भनेकी छिन्- ‘अनि म घरमा गएर मसँग के कमि छ भनेर ऐना हेरेर रुने गर्थेँ । अरु यति राम्री हुन्छन्, म राम्री छैन भनेर अनुहार बेस्सरी चिथोर्थेँ रिसले ।’

पत्रकारहरूले अरु कलाकारको फोटो खिच्दा कहिलेकाहीँ लाग्थ्याे रे- ‘मेरो पनि कसैले खिचिदिए हुन्थ्यो नि !’

संघर्षका बिच सुदर्शनले फेरि अर्काे अवसर दिए । लगातार ३ वटा फिल्म फ्लप भएपछि हरेस खाएकी पुजालाई सुदर्शनले आफ्नो चलचित्र ‘प्रेमगीत’ मा अफर गरे, हिराेकाे रूपमा प्रदीप खड्का थिए । चलचित्र हिट भयाे, जताततै पुजा र प्रदीपकाे चर्चा । चलचित्रले बक्स अफिस पनि ततायाे । उक्त चलचित्रपछि पूजाले पछाडि फर्केर हेर्नु परेकाे छैन ।

‘रुँदैरुँदै बिताएका रातहरु धेरै छन् । जीवनमा धेरै नै रोएकी छु । म जन्मिएदेखि नै अभागी रहेछु भन्ने महशष हुन्थ्यो । किनकी म जन्मिने बित्तिकै मेरो आमालाई राम्रो भएन । म आफूलाई एकदमै कोस्थेँ । डिप्रेशनमा जान लागेकी थिएँ । तर त्यस्ताे होइन रहेछ । भगवानले हरेक कुराको एउटा समय ताेकिदिनु भएकाे हुने रहेछ भन्ने लाग्छ अहिले’, उनले भनिन् ।

उनी थप्छिन्- ‘धेरै संघर्षपछि पाएको सफलता हो यो मेरो । आज अडियन्सहरुको यति धेरै माया पाएको छु, खुशी छु ।’

अहिले कतिपयले बुढ्याैली उमेरमा पुजाकाे व्यवहार बच्चा जस्ताे भनेर टिप्पणी गर्ने गर्छन् । यसकाे जवाफमा पुजा भन्छिन्- ‘म बच्चा बेलामा बच्चा बन्न पाइनँ । अहिले परिपक्व हुने समयमा चाहीँ बच्चा बेलाकाे अनुभव गरिरहेकी छु ।’

Related Articles

Back to top button