vada
News

हिमानीलाई लिपुलेकको कुराले रुन आउँछ ? भारतकि छोरी नेपालकि बुहारि (भिडियो हेर्नुहोस )

नेपालकी पूर्व युवराज्ञी हुन्। यिनी पूर्व युवराज पारस शाहकी श्रीमती हुन्।हिमानी भारतको राजस्थानको सिकरका पूर्व सूर्यबंशी राजकूलका राजा बिक्रम सिंह र रानी बिपुला सिंहकी छोरी हुन्। यिनको तत्कालिन शाहज्यादा पारस सँग विवाह भएको थियो।

हाल विभिन्न सामाजिक कृयाकलापमा संलग्न हिमानी छोरा हृदयेन्द्र शाह, र छोरीहरू पूर्णिका शाह, एवं कृतिका शाहलाई साथमा लिएर नेपालमा बस्दछिन्।

पूर्व युवराज्ञी हिमानी शाह नेतृत्वको हिमानी ट्रष्टले पत्रकार सम्मेलन गर्दै आफ्ना धारणा सार्वजनिक गरेको थियो । दिउँसो १ बजे ट्रष्टको कार्यालय बालुवाटारमा पत्रकार सम्मेलन गर्दा छोरीहरुपनि साथमा नै थिए ।

पत्रकार सम्मेलनमा पूर्व युवराज्ञी शाह आफै उपस्थित भएर आफै बोल्नुभएको थियो । ट्रष्टको संरक्षकमा पूर्व राजा ज्ञानेन्द्र शाह रहेका छन् ।

पुर्व पुवराज्ञी हिमानी शाहले धेरै उतारचढावहरुको सामना गर्नुपरिरहेको छ । भारतको राजस्थानको सिकरका पूर्व सूर्यबंशी राजकूलका राजा बिक्रम सिंह र रानी बिपुला सिंहकी छोरी हिमानी अहिले समाजिक सेवामा सक्रिय छिन् ।

जनतासँग निकैनै सुमधुर र स्वच्छ छवि बनाएकि हिमानीले आफ्नो पतिका कारण थुप्रै समस्या भोग्नुपर्यो । राजपरिवारको बुहारी र भाविष्यकि रानीको रुपमा हेरिएकि हिमानी सधैँ जनताबिच लोकप्रिय बनिन् ।

समाजिक सेवामा लागेर नागरिकसँग नजिक बनेकि हिमानीका चाल, चलन र व्यवहार सधैँ जनताकालागि लोकप्रिय बने । युवराज्ञीको हैसियतमा होस् वा सामान्य नागरिक हुँदा, हिमानीका विवादास्पद समाचार कहिले आएन ।

पति पारश शाहको एकपिच्छे अर्को नकारात्मक समाचारहरु आइरहदा पनि हिमानीमा कुनै चिन्ताको भाव झल्किदैन । मनमा हजारौँ पिडा भएपनि हिमानीले ती कुरा अगाडी ल्याइनन् । पतिको बच्पनाले कुन श्रीमतिको मन पोल्दैन र ? तर, हिमानीको मुस्कान टुटेको छैन ।

हिमानीलाई लिपुलेकको कुराले रुन आउँछ ? भारतकि छोरी नेपालकि बुहारि भिडियो हेर्नुहोस

Related Articles

Back to top button
Close