News

ललितपुरकाे वडा नं ६ मा घर गएका भाडावालहरुलाई प्रवेश निषेध, प्रवेश दिए घर नै शिल गरिने

ललितपुर, १ जेठ । ललितपुर महानगरपालिकाको वडा नम्बर ६ मा बाहिर जिल्ला वा विदेशबाट फर्किआएका व्यक्तिरुलाई प्रवेश निषेध गरिएको छ । वडा अध्यक्ष हिटलर शाक्यले एक सूचना जारी गर्दै सो कुराको जानकारी दिएका हुन् ।

वडा अध्यक्ष शाक्यले विदेशबाट फर्किआएका व्यक्तिहरुलाई र विभिन्न कारणले घर गएका भाडावालहरुलाई घरधनीहरुले तत्काल सम्पर्क गरी आफ्नो घरमा प्रवेश गर्न नदिने जानकारी गर्न गराउन आग्रह गरेका छन् ।

वडाका घरधनीहरुले सूचना लुकाई प्रवेश दिए त्यस्ता घरमा ताला लगाई शिल गर्ने तथा क्वारेन्टाइनमा लाग्ने सम्पूर्ण खर्च घरधनीले व्यहोर्नुपर्ने बताइएको छ । त्यस्तै, संक्रमित प्रमाणित भएको अवस्थामा घरधनीले क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ ।

Related Articles

Back to top button
Close