vada
News

काठमाडौँको टिचिङ अस्पतालमा उपचाररत ६ बर्षिया बालिकामा देखियो कोरोना संक्रमण

काठमाडौं । नेपालमा कोरोना संक्रमितको दर ह्वात्तै बढीरहेका बेला काठमाडौँमा कोरोना संक्रमितहरुको संख्या थप बढीरहेको छ । काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल)मा उपचाररत ६ वर्षीया बालिकामा कोरोना संक्रमण देखिएको छ ।टिचिङ अस्पतालका अनुसार उनी कपिलवस्तुबाट ६ दिन अगाडि उपचारका लागी काठमाडौं आएकी थिइन् ।

६ दिन अगाडि उपचारका लागी काठमाडौं आएकी ६ वर्षीया बालिकामा कोरोना संक्रमण भएको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका कोभिड(१९ व्यवस्थापन समितिका संयोजक डा. सन्त कुमार दासले पुष्टी गरे । काठमाडौँमा यसअघि नै ६ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले पुष्टी गरेको छ ।

Related Articles

Back to top button