vada
News

नेपालमा कोरोना संक्रमितको संख्या २५० पुग्यो, आजै थपिए ७ संक्रमित

काठमाडौँ । आज बिहानै ७ जनामा कारोना (कोभिड १९) पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या २५० पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य कार्यालय टेकु काठमाडौँमा गरिएको परीक्षणमा सर्लाहीको धान्कौल नगरपालिका निवासी ४५ वर्षीय पुरुष, जनकपुर र मिथिला नगरपालिका निवासी ४० वर्षीय पुरुष, र २० वर्षीया महिला, महोत्तरी जलेश्वर नगरपालिका र क्लबा नगरपाकिा निवासी १६ र ३५ वर्षीय पूरुषहरु रहेका छन् ।

यसअघि आजै चन्द्रागिरि नगरपालिका र कपिलवस्तुमा २ जनामा कोरोना पुष्टि भएको थियो ।

संक्रमित सबैको स्वास्थयकर्मीको निगरानिमा उपचार भइरको र स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

संक्रमित मध्ये ३५ जना उपचारपछि घर फर्किसकेका छन् ।

Related Articles

Back to top button
Close