vada
News

नारायणी अस्पतालको ट्वाइलेटको भेन्टिलेसन् फोडेर भागे दुईजना कोरोना संक्रमित

काठमाडौं- कोरोना भाइरसको संक्रमण पुष्टि भएका २ जना अस्पतालबाट भागेका छन्। नारायणी अस्पताल वीरगञ्जको आइसोलेसनमा भर्ना भएका २ जना संक्रमित भागेका हुन्। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायका अनुसार उनीहरु अस्पतालको शौचालयको भेन्टिलेसन् फोडेर भागेका हुन्। उनीहरु मंगलबार भर्ना भएका थिए। डा उपाध्यायका अनुसार महानगरपालिकाकै वडा नम्बर १६ र १३ का दुई संक्रमितमध्ये एकजना १७ र अर्का ३० वर्षका छन्। अस्पतालबाट भाग्ने दुई जनामध्ये एक जना थुनुवा हुन्।

संक्रमित भागेपछि खोजी कार्य भइरहेको बताइएको छ। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले घटनाबारे बुझ्ने काम भइरहेको बताए। अस्पतालको आइसोलेसन कक्षबाट राजनाथ यादव र असफर हवारी भन्ने दुईजना फरार भएको अस्पताल स्रोतले जनाएको छ ।अहिले अस्पतालमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक सहितको टोली, ससस्त्र तथा नेपाली सेनाको टोली तैनाथ खटेको छ ।

Related Articles

Back to top button
Close