News

सांसदले संसदमै भने–भारतर्फको सिमाना काँडेतार लगाउन एकवर्षको तलब दिन्छुु

काठमाडौं । राष्ट्रियसभाका सांसदहरुले भारतर्फको सिमानामा काँडेतार बार लगाउन माग गरेका छन् । सांसदहरुले राष्ट्रियसभा बैठकको शून्य समयमा सीमा क्षेत्रमा रहेका नागरिकलाई भारतीय गतिविधिले आक्रान्त बनाएको उल्लेख गर्दै काँडेतार वा पर्खाल लगाउन माग गरेका हुन् ।सांसद इन्दु कडरियाले सीमा क्षेत्रमा सरकारले काँडेतार लगाउन तयार भए एक वर्षको सेवा सुविधा दिन तयार रहेको बताउनुभयो । अहिले लिपुलेक क्षेत्रमा भारतले सडक निर्माण गरेको विषयले तराईका सीमाक्षेत्रमा बस्न बासिन्दालाई आक्रान्त बनाएको उहाँले बताउनुभयो ।

‘‘कुन दिन हाम्रो आगनमा किला गाडेर यो भारतको हो र तँ भारतको नागरिक हो भन्ने अवस्था नआउनला भन्न सकिन्न्’ उहाँले भन्नुभयो, त्यसैले सरकारले पूर्वदेखि पश्चिमसम्म सीमा निर्धाण गरेर काँडेतार र पर्खाल लगउनुपर्छ । सरकार यसका लागि तयार हुन्छ भने म आफ्नो एक वर्षको तलब सुविधा दिन तयार छु ।’सांसद अनिता देवकोटाले कालापानी क्षेत्रमा भारतले सडक निर्माण गरेको विषयमा प्रधानमन्त्रीले आफुलाई कसैले जानकारी नदिएको भनेर आ’पत्तिजनक अभिव्यक्ति दिएको बताउनुभयो । भारतले नेपाली भूमिमा सडक निर्माण गरेको विषयमा सरकारको स्पष्ट धारणा सदनमा जानकारी गराउन उहाँले माग गर्नुभयो ।

सांसद उदया शर्मा पौडेलले नेपाली भूमि अ’तिक्रमण गरी भारतले पक्की सडक बनाएको प्रति घो’र आ’पत्ति जनाउनुभयो । सीमा क्षेत्रमा काँडेतार लगाउन यहि आर्थिक वर्षबाट बजेटको व्यवस्था गर्न आ’ग्रह गर्दै भारत सरकारसँग वार्ताका लागि उचित पहल गर्न सरकारसँग माग गर्नुभयो ।सांसद कोमल वलीले कोरोना संक्रमणको दर ह्वा’त्तै बढिरहेकाले सीमा क्षेत्रमा रहेका नागरिकहरुको व्यवस्थापनमा ध्यान दिन आ’ग्रह गर्नुभयो । लुकिछिपी नेपाल आउनेको संख्या बढेसँगै संक्रमितको दरपनि बढेको उल्लेख गर्दै उहाँले सरकारले उचित प्र’वन्ध मिलाएर सीमा क्षेत्रमा रहेका नागरिकलाई स्वदेश ल्याउनुपर्ने बताउनुभयो ।

संक्रमण देखिएको समुदायमा सि’ल गर्नुपर्ने र त्यहाँ आवश्यक स्वास्थ खाद्यान्नको प्र’वन्ध मिलाउन स्थानीय तहलाई निर्देशन दिन उहाँले सरकारसँग आ’ग्रह गर्नुभयो ।सांसद तारादेवी भट्टले सीमा क्षेत्रमा रहेका नागरिकहरु दुबै देशले उ’चित व्यवस्थापन गर्ने सहमति भएपनि भारततर्फ विना कुनै सूचना दशगजा क्षेत्रमा नेपाल नागरिक अलपत्र रहेकोतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । खाडीमा रहेका नेपालीहरुको उ’द्धार गरी स्वदेश फर्काउन उहाँले आग्रह गर्नुभयो ।

Related Articles

Back to top button
Close