News
कपिलवस्तुमा फेरि एकजना थपिएसँगै संक्रमित संख्या २१९ पुग्यो
काठमाडौं : नेपालमा फेरि एकजना कोरोना संक्रमित थपिएका छन्। थपिएका संक्रमित कपिलवस्तु-५ निवासी २२ वर्षीय पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले जानकारी दिए।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २१९ पुगेको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणअनुसार उनको कोरोना पोजेटिभ देखिएको हो। यसअघि मंगलबार मात्र ८३ जना र बुधबार एक संक्रमित थपिएर कुल संक्रमित २१८ पुगेको थियो।
फेरि थपिए एकजना संक्रमित, कुल संख्या २१८ पुग्यो