International

भारतले धान्नै नसक्ने गरी बढे भारतमा कोरोनाका बिरामी, निधन हुनेको संख्या मात्रै २४ सय नाघ्यो

काठमाडौं, ३१ वैशाख । भारतमा कोरोनाबाट ज्यान जाने मानिसको संख्या दिनहुँ बढदै गएको छ । कोरोना संक्रमितको संख्या मंगलबार बिहानसम्म ७० हजार नाघेको थियो भने त्यस्तै भारतका कोरोनाबाट ज्यान जाने मानिसको संख्या २ हजार ४१५ पुगेको छ । भने मंगलबार मात्रै १२१ जनाले ज्यान गुमाएका थिए ।

भारतमा २४ हजार ४२० जना भने कोरोना उपचार पछि घर फर्किइसकेका छन् । ४७ हजार ४५७ संक्रमित हाल उपचाररत रहेका छन् । कोराना भाइरसको ९कोभिड–१९० को संक्रमण फैलिने क्रम नरोकिएपछि भारत सरकारले देशव्यापी लकडाउनलाई थप दुइ साताको लागि लम्बाएको छ । भारतले शुक्रबार मे ४ देखि लागू हुने गरी थप दुइ साताको लागि तेस्रो चरणको लकडाउन गर्ने निर्णय गरेको थियो ।

भारतमा पहिलो चरणको लकडाउन २४ मार्चमा लगाइएको थियो । दोस्रो लकडाउन १५ अप्रिलमा शुरु भएको थियो । दोस्रो लकडाउन मे ३ मा सकिदै थियो । कोरोना भाइरसको संक्रमण देशभरी बढ्दै गएपछि दोस्रो लकडाउन नसकिदै तेस्रो लकडाउन मे १७ सम्मको लागि घोषणा गरिएको थियो ।

Related Articles

Back to top button
Close